सीसीटीभीको तार तान्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

सीसीटीभीको तार तान्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

झापा : झापाको दमकमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–८ सेतुमारी रोड निवासी २८ वर्षीय निरोज साह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीका अनुसार आज बिहान करिब ८ बजेको समयमा आफ्नै किराना पसलबाट पूर्वतर्फ रहेको घरमा छिमेकी मनोज साहको दुई तले घरको छत माथिबाट सीसीटीभी क्यामेराको तार तान्ने क्रममा तार हाइटेन्सन लाइनमा छोएपछि विद्युत् सर्ट भई साहलाई करेन्ट लागेको थियो । 

करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई तत्काल उपचारका लागि लाइफ लाइन अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा बिहान करिब ९ः२० बजे मृत भएको थियो । हाल मृतकको शव सोही अस्पतालमा राखिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.