एमाले बाराको कलैयामा प्रदर्शन, प्रजिअलाई बुझायो विरोधपत्र

एमाले बाराको कलैयामा प्रदर्शन, प्रजिअलाई बुझायो विरोधपत्र
तस्बिर : दिवाकर भण्डारी
सुन्नुहोस्

सिमरा :  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाको विरोधमा एमाले बाराले आइतबार कलैयामा विरोध प्रदर्शन गरेको छ ।  ओली र लेखक पक्राउ परेलगत्तै देशब्यापी प्रदर्शन थालेको एमालेले सोही कार्यक्रमअन्तर्गत बारामा विरोध जनाएको हो ।

 कलैयामा विरोध र्‍याली प्रदर्शन गर्दै एमालेले अध्यक्ष ओली र लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ । प्रदर्शनसँगै एमालेले जिल्ला प्रशासन कार्यालय बारामार्फत नेपाल सरकारलाई विरोधपत्र समेत बुझाएको छ ।

null

एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डेले बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई विरोधपत्र बुझाउँदै ओली र लेखक पक्राउ घटना प्रतिशोधपूर्ण रहेकाले तत्काल रिहा गर्न माग गरेका हुन् ।   

ज्ञापनपत्रमा एमालेले अध्यक्ष ओली र लेखक पक्राउको घटनालाई पूर्वाग्रही र गैरकानुनी भएको उल्लेख गरेको छ । कानुनी शासनको मर्म विपरित ओली र लेखकलाई पक्राउ गरिएकाले घटनाको एमाले बाराले भत्र्सना गर्ने जनाउँदै पाण्डेले भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष एवम् न्यायीक छानबिनका लागि सर्वोच्च अदालतको बहालवाला न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानविन आयोग गठन गर्न समेत माग गरेको छ। 

null

एमाले केन्द्रीय सदस्य बलबीर चौधरी, केन्द्रीय सदस्य मोबिन आलम, मधेश प्रदेश सचिव मनोज पौडेल, मधेस प्रदेश सचिवालय सदस्य सुन्दर विकसहित एमालेको विभिन्न तहका नेता, जनसंगठनका नेताकार्यकर्ताहरू ज्ञापनपत्र बुझाउन गएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.