निर्वाशित तिब्बती सरकारका प्रधानमन्त्रीले दिए बालेनलाई बधाइ
काठमाडौं :निर्वाशित तिब्बती सरकारले नेपालका नव नियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई वधाइ दिएको छ । भारतको धर्मशालामा कार्यालय रहेको निर्वाशित तिब्बती सरकारका प्रधानमन्त्री सिक्योंग पेन्पा छिरिङले नेपालका नव निर्वाचित प्रधानमन्त्री शाहलाई बधाई–शुभकामना दिएका हुन् ।
छिरिङले नव नियुक्त प्रधानमन्त्री शाहलाई सम्पूर्ण तिब्बती जनताको तर्फबाट भन्दै बधाई शुभकामना व्यक्त गरेका हुन् । सन्देशमा उनले लेखेका छन्, ‘हालैको जेन–जेड नेतृत्वको आन्दोलनपछि सबैभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा तपाईंको उदय नेपाली जनताको, विशेष गरी युवा पुस्ताको आकांक्षाको सशक्त प्रतीक हो ।’
उनले तिब्बतमा जबरजस्ती कब्जापछि नेपालमा आश्रय पाएका तिब्बती समुदायले आफ्नो पहिचान जोगाउँदै नेपालको सामाजिक तथा आर्थिक क्षेत्रमा दीर्घकालीन योगदान पुर्याउँदै आएको समेत स्मरण गराएका छन् । उनले भनेका छन्, ‘यो सम्भव हुनु नेपाल सरकार र नेपाली जनताको उदारताको परिणाम हो, जसका लागि हामी कृतज्ञ छौं ।’
वधाई–शुभकामना सन्देशमा उनले भनेका छन्, ‘तपाईंको सक्षम नेतृत्वमा नेपालले प्रगति, समृद्धि र सकारात्मक परिवर्तनतर्फ अघि बढ्ने छ भन्ने विश्वासका साथ हाम्रो आपसी मित्रता अझ सुदृढ हुने अपेक्षा राखेका छौं ।’
https://tibet.net
प्रतिक्रिया दिनुहोस !