प्रतिनिधिसभाको पहिलो वैठकमै ओली र लेखकको रिहाइको माग

प्रतिनिधिसभाको पहिलो वैठकमै ओली र लेखकको रिहाइको माग
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभाको आजको पहिलो वैठकमै नेकपाका सांसदले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् ।

एमाले नेता गुरु बरालले प्रतिनिधिसभाको आजको पहिलो वैठकमै पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली र पूर्व गृहमन्त्री समेत रहेका कांग्रेस नेता लेखकको रिहाइको माग गरेका हुन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले वैठक सुरु गर्ना साथ उठेका उनले संविधानको धारा १७ मा स्वतन्त्रता र धारा १८ मा समानताको हक रहेको बताउँदै देशमा अहिले जति पनि घटनाहरु घटिरहेका छन् ती संवैधानिक रुपमा जायज छन् ? भन्दै प्रश्न गरेका छन् ।

उनले वर्तमान सरकारले फौजदारी आचारसंहिताको ८१ र ८२ को गलत प्रयोग अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई पक्राउ गरिएको बताए । उनले पूर्व प्रधानमन्त्री र गृहमन्त्रीको गिरफतारीको विरोधमा निस्किएको प्रदर्शनलाई प्रहरीले निर्ममरुपमा दमन गरेको समेत बताए । उनले सुर्खेतस्थित नेकपा एमालेको पार्टी कार्यालयमै पसेर प्रहरीले दमन गरेको बताएका छन् ।

उनले विरोध प्रदर्शनमा दमन गर्नेमाथि छानविन गरी दोषीमाथि कार्वाही गर्न सरकारलाई माग समेत गरेका छन् । प्रतिनिधिसभाको पहिलो वैठक सुरु हुनासाथ बराल उठेका थिए । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले पहिलो वैठकलाई विरोधबाट अगाडि नबढाउन आग्रह गरेका थिए । तर एमाले नेता बराल उठिरहेपछि ज्येष्ठ सदस्य केसीले बोल्नका लागि दुई मिनेटको समय दिएका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.