पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी चल्ने

पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी चल्ने
फाइल तस्बिर

काठमाडौं : नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभावले मौसममा बदली आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहेको छ भने देशका अन्य भूभागमा आंशिक बदली देखिएको छ।

आज दिउँसो देशभरका हिमाली भूभागसहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा मौसम सामान्यतया बादल लाग्नेछ । गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्तै, तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ।

आज राति पनि पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका केही क्षेत्रमा रातिको समयमा पनि हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।

चट्याङ्ग, वर्षा, हिमपात र हावाहुरीका कारण जनजीवन, कृषि, स्वास्थ्य र यातायातमा पर्न सक्ने असरबाट बच्न आवश्यक पूर्वसावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.