चिनियाँ निर्माण कम्पनीले पूर्व–पश्चिम राजमार्ग विस्तारमा ढिलाई गरेको भन्दै लहानका स्थानीय आन्दोलित

चिनियाँ निर्माण कम्पनीले पूर्व–पश्चिम राजमार्ग विस्तारमा ढिलाई गरेको भन्दै लहानका स्थानीय आन्दोलित
सुन्नुहोस्

सिरहा : सिरहाको कमला र सप्तरीको कञ्चनपुरसम्मको पूर्व–पश्चिम राजमार्ग सडक विस्तारमा ढिलाइ भएको ढिलाइ भन्दै लहान बजारका स्थानीयहरु आन्दोलित भएका छन् । उनीहरु विहानैदेखि सडकमा आवागमन रोकेका छन् । सवारीसाधनहरु ५ किलोमिटर सम्म सडकमा जाम लागेको छ ।

nullपहिले भएको सडक भत्काएर काम अलपत्र पारेको उनीहरुको आरोप छ । निर्माण सामग्रीहरु छरिएर सडकमै रहँदा हिलो, धुलो–धुवाँले आजित भएको स्थानीयहरु बताउँछन् । हिलो, खाल्डाखुल्डी तथा अधुरा संरचनाले दुर्घटनाको जोखिम समेत बढाएको उनीहरूको गुनासो छ ।

null

सन् २०२० मा सुरु गरिएको उक्त सडक विस्तार आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर झण्डै छ वर्ष पुग्न लाग्दा पनि काम अधुरै रहेको छ । करिब १५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा हालसम्म झण्डै १३ अर्ब रुपैयाँ भुक्तानी भइसके पनि भौतिक प्रगति सन्तोषजनक नभएको स्थानीयको आरोप छ ।

null

निर्माण कम्पनीले दुई पटक म्याद थप गरिसकेको छ भने तेस्रो पटक थपिएको समयसीमा पनि आगामी जुनमा सकिँदैछ । आन्दोलनकारीहरूले तत्काल धुलो नियन्त्रण, सडकको उचित व्यवस्थापन तथा निर्माण कार्य तीव्र बनाउन माग गरेका छन् । निर्माण कम्पनी चाइना रेल्वे इन्जिनियरिङ ग्रुप वार्तामा नआउञ्जेलसम्म आन्दोलन जारी राख्ने र सडक नखोल्ने स्थानीयहरुको भनाइ छ ।

null

राजमार्ग अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले समस्या समाधानका लागि पहल थालेका छन् । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार बिहानैदेखि ईलाका प्रशासन, प्रहरी परिचालन गरी सडक खुलाउने र वार्ता गर्ने कार्य भईरहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.