ध्वनी प्रदूषण गर्ने आठ  वटा  मोटरसाइकल नियन्त्रणमा

ध्वनी प्रदूषण गर्ने आठ  वटा  मोटरसाइकल नियन्त्रणमा
सुन्नुहोस्

झापा : ट्राफिक नियम उल्लङ्घन गर्दै ध्वनी प्रदूषण गर्ने आठ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको  छ। गए राति साढे ११ बजेको समयमा इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्सालको कमान्डमा खटिएको प्रहरी टोलीले दमक नगरपालिका–७ पशुहाट क्षेत्रबाट ती मोटरसाइकलहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

प्रहरीका अनुसार दमक नगर क्षेत्रमा ट्राफिक नियम विपरीत साइलेन्सर पाइप (मोडिफाई) गरी चर्को ध्वनी प्रदूषण गर्ने, पड्काउँदै हिँड्ने मोटरसाइकलहरू चलाइरहेको पाइएपछि विशेष निगरानी गर्दै कारबाही गरिएको जनाइएको छ । 

नियन्त्रणमा लिइएका मोटरसाइकलहरू प्र १–०२–०४८ प ५९०३, प्र १–०२–०५७ प ८५६१, प्र १–०२–०४५ प १९३६, को २२ प ६८००, बा ९८ प ६४२६, को २९ प ३३५३, मे ४ प ३७६४ र मे ११ प ५६७६ नम्बरको रहेको छ ।  नियन्त्रणमा लिइएका सवारी साधनमाथि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.