ओली र लेखक बिहीबार थुनामुक्त हुने (सर्वोच्चको आदेशसहित)
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक आगामी बिहीबार थुनामुक्त हुने भएका छन्। सर्वोच्च अदालतले प्रक्रिया पूरा गरी हिरातमुक्त गर्न परमादेश जारी गरेपछि ओली र लेखक थुनामुक्त हुने भएका हुन्।
काठमाडौं जिल्ला अदालतले आइतबार ओली र लेखकलाई अनुसन्धान गर्न ५ दिनको म्याद थपेको थियो। सोही म्यादभित्र अनुसन्धान सम्पन्न गर्न सर्वोच्चले सरकारविरुद्ध परमादेश जारी गरेको हो।
'ओली र लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ को परिक्रिया पूरा गरी हिरासतमुक्त गरी थप अनुसन्धान तहकिकातको कार्यसम्मन्न गरी जो जे गर्नुपर्ने गराउनू' परमादेशको आदेशमा भनिएको छ।
न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले उक्त परमादेश आदेश जारी गरेको हो।
प्रतिक्रिया दिनुहोस !