सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध करिब ७ करोडको मुद्दा दायर
काठमाडौं : पूर्वसभामुख एवं नेपाली कम्युनिष्ट पार्टीका (नेकपा) का नेता कृष्णबहादुर महरा,सह-सचिव अरुण पोखरेललगायत २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप)मा सुन लुकाएर तस्करी गरेको अभियोगमा महरासँगै सह-सचिव पोखरेल,महराका छोरा राहुललगायतलाई प्रतिवादी बनाइ मुद्दा दायर भएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
उनीहरूविरुद्ध ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बिगो माग गरिएको छ।
पुस २०७९ मा चिनियाँ गिरोहले भेपको प्रयोग गरी सुन पास गराउन पूर्वसभामुख महरासहितका व्यक्तिहरूले भूमिका खेलेको अख्तियारको दावी छ।
सुन तस्करसँग करोडौं लाभ लिइ त्रिभुवन अन्तरराष्ट्रिय भन्सार तथा तालुक पदाधिकारी र कर्मचारीहरूसँग साँठगाठ गरी सुन तस्करलाई सहयोग पुर्याइ अरबौं राजस्व चुहावट गरेको उनीहरूमाथि आरोप छ।
प्रतिक्रिया दिनुहोस !