प्रि ओपन सेसनमा नेप्से परिसूचक ६.५२ अंकले बढ्यो
काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार प्रि ओपन सेनसमा नेप्से परिसूचक साढे ६ अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ६.५२ अंकले बढेर २८५७.७६ विन्दुमा पुगेको छ।
यो समयमा ६४ वटा स्क्रिप्सको ५ हजार ३०५ कित्ता सेयर ३३ लाख २९ हजार १९५ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३४ वटा स्टक्सको मूल्य बढ्दा १८ वटाको घट्यो। बाँकी ९ वटा स्टक्सको मूल्य यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !