प्रधानमन्त्री कप : त्रिभुवन आर्मी र सुदूरपश्चिम फाइनलमा

प्रधानमन्त्री कप : त्रिभुवन आर्मी र सुदूरपश्चिम फाइनलमा
सुन्नुहोस्

जनकपुरधाम : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबको जितसँगै फाइनल खेल्ने टिमको टुङ्गो लागेको छ । प्रत्येक टिमले ९/९ वटा खेल खेल्ने तालिका रहेकोमा आजको खेलमा मधेश प्रदेश हारेसँगै फाइनल खेल्ने टिमको टुङ्गो लागेको हो । केही खेल हुन बाँकी रहेको अवस्थामा त्रिभुवन आर्मी र सुदूरपश्चिम प्रदेशले फाइनलमा प्रवेश गरेको हो । 

९ खेलमध्ये ८ वटा खेल खेलेको त्रिभुवन आर्मी १५ अंक सहित अंक तालिकाको शिर्ष स्थानमा छ । वर्षाका कारण एउटा खेल रद्द भएको र बाँकी खेलमा त्रिभुवन आर्मीले जित निकालेको हो । 

यस्तै, दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले ९ खेलमा ६ जित र ३ हारसहित १२ ल्याएर दोस्रो स्थानमा  छ । यस्तै, ९ खेल खेलेकोमा ११ अंक सहित एफिएफ क्लब तेस्रो स्थानमा छ । एफिएफको ५ खेलमा जित, ३ खेलमा हार र एउटा खेल वर्षाको कारण रद्द भएको थियो । 

नेपाल पुलिस क्लबले ८ खेल खेलेकोमा ९ अंक सहित चौथो स्थानमा छ । पुलिस क्लबले ४ मा जित र ३ मा हार बेहोरेको थियो भने एउटा खेल वर्षाको कारण रद्द भएको थियो । 
पाँचौ स्थानमा रहेको मधेश टिमले ८ खेल खेलेकोमा ९ अंक सहित पाँचौ स्थानमा छ । मधेशले ४ मा जित निकालेको छ भने ३ वटामा हार व्यहोरेको छ । एउटा खेल भने वर्षाका कारण रद्द भएको थियो । 
यस्तै, बाग्मती प्रदेश ८ खेलमा ४ जित र ४ हार सहित ८ अंक ल्याएर छैठौँ स्थानमा रहेको छ । लुम्बिनी प्रदेशले ७ खेलमा ७ अंक सहित सातौ, गण्डकी ८ खेल खेलेकोमा ७ अंकसहित आठौँ र कर्णाली प्रदेश ८ खेल खेलेकोमा एउटामा जित निकाल्दै ३ अंक सहित नवौ स्थानमा छ । 

यस्तै, आफ्नो ९ वटै खेल खेलीसकेको कोशी प्रदेश यस वर्षको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा जितविहिन बन्न पुग्यो । एउटा खेल वर्षाका कारण रद्द भएकोमा १ अंक सहित अंक तालिकाको अन्तिम स्थानमा रहेको छ । 

सोमबार आर्मी र एपीएफको जित

प्रधानमन्त्री कप अन्तर्गत आज भएको दुबै खेलमा विभागीय टिमले प्रादेशिक टिमलाई पराजित गरेको छ । जनकपुरधाममा भएको खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई १८५ रनले र वीरगञ्जमा भएको खेलमा एपिएफ क्लबले मधेस प्रदेशलाई ७४ रनले पराजित गरेको हो । 

जनकपुरधाममा भएको खेलमा विनोद भण्डारीको १८९ रनको पारीको मदतले त्रिभुवन आर्मी क्लबले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ३६२ रन बनाएकोमा कोशी प्रदेशका खेलाडी ३६ ओभरमा अल आउट हुँदै १७७ रन मात्र बनाए।

यस्तै, वीरगञ्जमा भएको खेलमा एपिएफले आशिफ शेखको २०८ रनको मद्दतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३९० रन बनाएकोमा मधेस प्रदेशका खेलाडीले ८ विकेट गुमाउँदै ३१६ रन बनाउन सके । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.