भुटानकी खेलाडीलाई ‘टाइम आउट’ गरेपछि क्यानले माग्यो माफी
काठमाडौं : एसीसी महिला प्रिमियर कप–२०२६ को दोस्रो खेलमा नेपाली महिला क्रिकेट टिमले भुटानकी खेलाडी रित्सी छोडेनलाई ‘टाइम आउट’ गराएकोमा नेपाल क्रिकेट संघ (क्यान) ले माफी मागेको छ ।
क्यानले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालले खेलभन्दा माथि ‘क्रिकेटिङ स्पिरिट’ रहने भन्दै महिला टोलीले गरेको कार्यप्रति संघले माफी मागेको छ । टाइम आउट क्रिकेटको नियममा भए पनि क्रिकेटमा हुनुपर्ने भावनात्मक सम्मान भन्ने चिज नियम र कानुनभन्दा माथि हुनुपर्ने भन्ने क्यानले विज्ञप्ति जारी गर्दै माफी मागेको हो ।
भुटान जस्तो क्रिकेटमा विकासोन्मुख देशलाई जहिले पनि सम्मानका साथ खेल भावनालाई अगाडि राखी एकअर्काको सम्मान गर्नुपर्ने भन्दै क्यानले विज्ञप्तिमा उल्लेख गरेको छ । ‘टाइम आउटको कारण खेल भावना एकले अर्कोलाई गर्नुपर्ने सम्मानमा आँच आएकोमा सम्बन्धित खेलाडी र भुटान क्रिकेटप्रति हामी माफी माग्न चाहन्छौं’, क्यानले विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस !