इरानले भन्यो–टम्पका सात दावी सबै झुटा, झुटको वार्ता सफल पनि हुने छैन
इरान : इरानका संसद सभामुख मोहमद बाघेर गालिबाफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सबै दाबीहरूलाई ‘झुटा’ भएको टिप्पणी गरेका छन् ।
हालै पाकिस्तानको इस्लामावादमा अमेरिकासँग भएको वार्तामा इरानी प्रतिनिधि मण्डलको नेतृत्व गरेका गालिबाफले एक्स (ट्वीटर) मा लेख्दै ट्रम्पले ‘एक घण्टामा सात दाबी गरेको र ती सातै वटा दावी झुटा भएको टिप्पणी गरेका हुन् ।
‘उनीहरूले युद्ध जितेका छैनन् र यस्ता झुटका साथ हुने वार्तामा कहिल्यै सफल हुने छैनन्’, उनले भनेका छन् । होर्मुज स्ट्रेटबारे बोल्दै उनले भने, ‘अमेरिकीे नाकाबन्दी जारी रहेमा यो जलडमरू मध्य खुला रहने छैन ।’
उनले यसअघि इरानी विदेश मन्त्रालयका प्रवक्ता एस्माइल बघाइले दिएका भनाइ दोहोर्याए । बघाइले भनेका थिए, ‘जलडमरू मध्य खुला रहने वा बन्द हुने र त्यसका नियमहरू के हुने भन्ने कुरा सामाजिक सञ्जालमा होइन, स्थलमै निर्धारण हुनेछ ।’ यी दुवै प्रतिक्रिया इरानी विदेशमन्त्री अब्बास अराघचीले एक्समा गरेको पोस्टपछि आएका हुन् ।
उनले अंग्रेजीमा लेख्दै ‘युद्धविरामको बाँकी अवधिमा सबै व्यापारिक जहाजहरूका लागि स्ट्रेट अफ हर्मुज पूर्णरूपमा खुला छ’ भनेका थिए । अराघचीको उक्त भनाइप्रति केही इरानी सञ्चारमाध्यम र कट्टरपन्थी समूहहरूले आलोचना गर्दै उनलाई आफ्नो भनाइ ‘स्पष्ट पार्न’ आग्रह गरेका छन् । ‘मिडिया युद्ध र जनमत निर्माण युद्धकै महत्वपूर्ण हिस्सा हो र इरानी जनता यस्ता रणनीतिबाट प्रभावित हुँदैन’” गालिबाफले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस !