इरानले होर्मुज स्ट्रेट पुनः बन्द गरेसँगै तेलको मूल्य ७ प्रतिशतले बढ्यो

इरानले होर्मुज स्ट्रेट पुनः बन्द गरेसँगै तेलको मूल्य ७ प्रतिशतले बढ्यो
फाइल तस्बिर

काठमाडौं : इरानले विश्वको कुल कच्चा तेलको पाँचौँ हिस्सा ओगट्ने महत्त्वपूर्ण जलमार्ग होर्मुज स्ट्रेट पुन: बन्द गरेसँगै तेलको मूल्यमा ७ प्रतिशतले वृद्धि भएको छ । योसँगै अमेरिका र इरानबीच भएको अस्थायी युद्धविरामको समयसीमा बुधबार समाप्त हुन लागेकाले तनाव थप चुलिने देखिएको छ । 

अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ७५ ले बढेर प्रति ब्यारल ९६. ८८ डलर पुगेको छ। इरानले जलमार्ग पुनः खोल्ने खबरका कारण गत शुक्रबार यसको मूल्य मार्च १० यताकै न्यून बिन्दुमा झरेको थियो।

अमेरिकी कच्चा तेलको मूल्य पनि ७५ ले बढेर प्रति ब्यारल ९०. ३३ डलर पुगेको छ। तनावको मुख्य कारण  शनिबार इरानले अमेरिकामाथि 'विश्वासघात' गरेको आरोप लगाउँदै उक्त जलमार्ग अधिकांश ट्राफिकका लागि पुनः बन्द गर्ने घोषणा गरेको थियो। 

यसै बीच, ओमानको खाडीमा अमेरिकी नाकाबन्दी छल्न खोज्ने इरानी झण्डा बोकेको एउटा कार्गो जहाजमाथि अमेरिकी नौसेनाले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। यस घटनाले यस क्षेत्रको तनावलाई थप बढावा दिएको छ। 

ट्र्याकिङ डेटाका अनुसार आइतबार हर्मोज जलडमरू मध्य भएर कुनै पनि ट्याङ्करहरू गुज्रिएका छैनन्। उपभोक्तामा पर्ने असर  आइतबार अमेरिकामा ग्यास (पेट्रोल) को राष्ट्रिय औसत मूल्य प्रति ग्यालन ४४.०५ पुगेको छ। 

अमेरिकी ऊर्जा सचिव क्रिस राइटले सीएनएनसँग कुरा गर्दै ग्यासको मूल्य प्रति ग्यालन ४३ भन्दा तल झर्न 'अर्को वर्ष' सम्म कुर्नुपर्ने हुन सक्ने बताए । यद्यपि, उनले यसै वर्षको अन्त्यसम्ममा मूल्य घट्न सक्ने सम्भावनालाई भने पूर्ण रूपमा नकार्न सकेनन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.