इरान समर्थित मिलिसियालाई कमजोर पार्न अमेरिकी रणनीति : रोकिदियो डलर

इरान समर्थित मिलिसियालाई कमजोर पार्न अमेरिकी रणनीति : रोकिदियो डलर
सुन्नुहोस्

अमेरिका : संयुक्त राज्य अमेरिकाले इराकतर्फ पठाइने अमेरिकी डलरको ढुवानी रोकिदिएको छ । यस कदमले बग्दादमाथि इरान समर्थित शक्तिशाली समूहहरूलाई नियन्त्रण गर्न थप दबाब सिर्जना गरेको अमेरिकी अधिकारीहरुले दावी गरेका छन् ।

करिब ५० करोड डलर बराबरको अमेरिकी नोट बोकेको कार्गो विमानलाई युनाइटेड स्टेट डिपार्टमेन्टले रोकेको बताइएको छ । उक्त रकम इराकको तेल आम्दानीबाट आएको हो ।  जुन ‘फेडरल रिजर्भ बैंक’ र न्यूयोर्कमा राखिएको खातामा थियो । यो रोकावट, अमेरिका–इजरायल र इरानबीच फेब्रुअरी अन्त्यतिर सुरु भएको युद्धपछि वासिङ्टनले इराकको केन्द्रीय बैंकका लागि तय गरिएको दोस्रो डलर ढुवानीपछि ढिलाइ गरेको घटना हो ।

लगभग आठ हप्तासम्म चलेको युद्धबीच अमेरिकाले इराकलाई आफू नजिक ल्याउन र इरानसँगको दीर्घकालीन सम्बन्ध कमजोर बनाउन दबाब दिइरहेको छ । इरान समर्थित समूहहरूले इराकभित्रै अमेरिकी सैन्य आधारहरू र छिमेकी देशहरूलाई लक्षित गर्दै आक्रमण गरेका छन् । जसलाई उनीहरूले तेहरानको समर्थनमा गरिएको बताएका छन् ।

यसका साथै, अमेरिकाले इरानसँग सम्बन्धित इराकका सशस्त्र समूहहरू-जसमध्ये ‘जनमोबिलाइजेसन फोर्स’ सँग जोडिएका समूहहरूमाथि हवाई आक्रमण समेत गरेको छ । यी समूहहरू औपचारिक रूपमा इराकको सुरक्षा संरचनाभित्र समावेश छन् ।

इराकको केन्द्रीय बैंकले जारी गरेको वक्तव्यमा रोकिएको ढुवानीबारे सिधै उल्लेख गरिएको छैन, तर देशसँग पर्याप्त अमेरिकी डलर सञ्चिति रहेको बताइएको छ । सन् २००३ मा अमेरिकाको नेतृत्वमा भएको इराक युद्धपछि, अमेरिकाले इराकको तेल आम्दानी व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो । यसका लागि अर्बौं डलर रकम न्यूयोर्कस्थित फेडरल रिजर्भ बैंकमा राखिएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.