पुटिनले गरे जेलेन्स्कीको युद्धविराम प्रस्ताव ठाडै अस्वीकार

पुटिनले गरे जेलेन्स्कीको युद्धविराम प्रस्ताव ठाडै अस्वीकार
फाइल फोटो
सुन्नुहोस्

रुस : रुसका राष्ट्रपति भ्लादीमिर पुटिनले युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग भेटेर युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्नुको अहिले कुनै अर्थ नभएको बताएका छन् । जेलेन्स्कीले युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव राखेपछि पुटिनले उक्त प्रस्ताव अस्वीकार गरेका हुन् ।

जेलेन्स्कीले बिहीबार खुला पत्र लेख्दै युद्ध रोक्न प्रत्यक्ष वार्ताको आह्वान गरेका थिए । उनले युद्धलाई अमेरिका फेरि प्राथमिकतामा ल्याउने समय कुर्नु ‘गलत’ हुने बताएका थिए । उनले तत्काल युद्धविरामको पनि माग गरेका थिए, तर उनको भाषामा आक्रामक र व्यंग्यात्मक शैली देखिएको थियो ।
यसको जवाफमा पुटिनले पत्रलाई ‘असभ्य’ भनेका छन् र पहिले शान्ति वार्ता हुनुपर्ने अडान दोहोर्‍याएका छन् ।  

उनले भने, ‘अहिलेको अवस्थामा मलाई कुनै अर्थ देखिँदैन ।’ उनका अनुसार जेलेन्स्कीको पत्रले भेटवार्ताका लागि वातावरण बनाउने होइन, बरु त्यस्तो भेट हुन नदिने उद्देश्य राखेको देखिन्छ । जेलेन्स्कीले भने पुटिनको जवाफपछि रुसले फेरि पनि युद्ध रोजेको आरोप लगाएका छन् ।

उनले टेलिग्राममा लेख्दै भनेका छन्–धेरै देशहरू यो जवाफबाट निराश भएका छन् । पुटिनले युद्धविरामले युक्रेनलाई पुनः तयारी गर्ने मौका मात्र दिने बताएका छन् । उनले दीर्घकालीन सम्झौता आवश्यक रहेको उल्लेख गर्दै भने, ‘विशेषज्ञहरूले समाधान निकाल्नु पर्छ, त्यसपछि मात्र भेट हुन सक्छ ।’
रुसले लामो समयदेखि युक्रेनलाई डोनेत्स्क, लुहान्स्क, खेरसोन र जापोरिजिया क्षेत्र छोड्नु पर्ने र नाटोमा प्रवेशको प्रयास त्याग्नुपर्ने माग गर्दै आएको छ ।

तर युक्रेनले कुनै पनि भूभाग नछोड्ने अडान लिएको छ । जेलेन्स्कीले आफ्नो पत्रमा पुटिनको उमेर र शासनकालबारे टिप्पणी गर्दै व्यक्तिगत आलोचना पनि गरेका थिए, जसलाई पुटिनले ‘असभ्य टिप्पणी’ भनेका छन् । यसैबीच अमेरिका र अन्य केही देशहरूले सम्भावित वार्तालाई सकारात्मक संकेतका रूपमा हेरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई नेताबीच भेट हुनु राम्रो हुने बताएका छन् । युद्धका क्रममा पछिल्लो २४ घण्टामा युक्रेनमा भएका रूसी आक्रमणहरूमा कम्तीमा १३ जनाको मृत्यु भएको र ७० भन्दा बढी घाइते भएको रिपोर्ट गरिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.