यातायात कार्यालय गौरबाट ‘बिचौलिया’ पक्राउ

यातायात कार्यालय गौरबाट ‘बिचौलिया’ पक्राउ
सुन्नुहोस्

रौतहट : गौर यातायात कार्यालबाट एक जना ‘बिचौलिया’ पक्राउ परेका छन्  । पक्राउ पर्नेमा गौर नगरपालिका –५ दोस्तिया टोल घर भएका ४० बर्षीय लक्ष्मीकुमार केशरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । केशरीलाई गौर नगरपालिक – ३ स्थित यातायात व्यवस्था कार्यालय रौतहट गौरबाट पक्राउ गरिएको हो ।

उनले सेवाग्राहीलाई विभिन्न कामहरु छिटो गरिदिने भनि अनावश्यक झन्झट दिने, हैरानी गर्ने सेवाग्राहीका कागजात बोकी विभिन्न फाँटहरुमा जाने र कार्यालयको कम्पाउण्ड भित्र सेवाग्राहीहरुलाई सवारी चालक अनुमति पत्र बनाई दिन्छु भनि विभिन्न किसिमको प्रलोभन देखाउने गरेको पाइएकाले पक्राउ गरिएको प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक बिष्णुप्रदिप बस्यालले जानकारी दिए । पक्राउ परेका उनीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.