गुल्मी महोत्सवमा दर्शक लोभ्याउँदै ‘जलपरी’

गुल्मी महोत्सवमा दर्शक लोभ्याउँदै ‘जलपरी’

गुल्मी : गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा तम्घासमा सञ्चालन भइरहेको पाँचौँ गुल्मी महोत्सवमा ‘जलपरी’ प्रमुख आकर्षणको केन्द्र बनेको छ। देशका विभिन्न स्थानमा लाग्ने मेला–महोत्सवका केही ठाउँमा जलपरी देखिए पनि गुल्मीमा भने पहिलो पटक ल्याइएको हो।

यस पटकको गुल्मी महोत्सवमा ‘जलपरी’ अहिले सबैभन्दा चर्चित आकर्षणका रूपमा देखिएको छ। महोत्सव स्थलमा आउने दर्शकहरू जलपरी अवलोकन गर्दै फोटो तथा भिडियो खिच्न पाउँदा उत्साहित देखिएका छन्। जसका कारण महोत्सवको रौनक दैनिक झन् बढ्दै गएको छ। जलपरी अवलोकनका लागि प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। नयाँ र फरक अनुभव लिन चाहनेहरूका लागि जलपरी विशेष आकर्षण बनेको गुल्मी उद्योग वाणिज्य संघका महासचिव चेतनारायण पाण्डेले जानकारी दिए। 

वैशाख ११ गतेदेखि सुरु भएको महोत्सव वैशाख २३ गतेसम्म सञ्चालन हुने बताइएको छ। हाल महोत्सवमा दैनिक रूपमा स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारहरूले सांगीतिक प्रस्तुति दिँदै आएका छन्। महोत्सवमा करिब २५० वटा स्टल रहेका छन्। सञ्चालनको दोस्रो र तेस्रो दिन असिना सहित परेको वर्षाका कारण केही प्रभाव पारे पनि महोत्सव नियमित रूपमा सञ्चालन हुने प्रचार–प्रसार समिति संयोजक कृष्ण खनालले जानकारी दिए।

पाँचौँ गुल्मी महोत्सवमा कृषि उपजको प्रदर्शनी तथा बजारीकरण, घरेलु उत्पादनको प्रदर्शनी, साथै जिल्लाका धार्मिक तथा ऐतिहासिक स्थलहरूको फोटो प्रदर्शनीसमेत गरिएको छ। महोत्सवमा प्रवेश गर्ने सर्वसाधारणका लागि प्रतिव्यक्ति १०० रुपैयाँ र विद्यार्थीका लागि ७० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। महोत्सवमा करिब १ लाख दर्शक भित्र्याउने र ५ करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले लिएको वाणिज्य संघका अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।

महोत्सवमा विभिन्न जिल्लाबाट आउने औद्योगिक तथा व्यापारिक सामग्री, स्थानीय कृषि उत्पादन, हस्तकला तथा घरेलु उद्योगका सामग्री, होटल तथा पर्यटन प्रवर्द्धनसम्बन्धी प्रदर्शनी तथा स्थानीय खानाका परिकार राखिएको छ। महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, कृषि उपज तथा घरेलु उद्योगका सामग्रीको बजारीकरण, साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.