इरानले ‘होर्मुज’ खोल्ने प्रस्ताव गरे पनि तेलको मूल्य लाग्दै उकालो, आपूर्ति अनिश्चित

इरानले ‘होर्मुज’ खोल्ने प्रस्ताव गरे पनि तेलको मूल्य लाग्दै उकालो, आपूर्ति अनिश्चित
सुन्नुहोस्

इरान : इरानले होर्मुज जलमार्ग खोल्ने प्रस्ताव अघि सारे पनि विश्व बजारमा तेलको मूल्य भने उकालो लागिरहेको छ । इरानले स्ट्रिट अफ होर्मुजमा लगाएको नाकाबन्दी हटाउने प्रभावकारी रुपमा हटाउनेबारे प्रस्ताव गरेको छ । यसको सट्टामा उसले संयुक्त राज्य अमेरिकासँगको आणविक वार्तालाई पछि सार्न चाहेको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट क्रुड मंगलबार १ प्रतिशतभन्दा बढीले बढेको छ । तेहरानको प्रस्तावले पनि व्यापारीहरूको चिन्ता कम गर्न सकेन, किनकी यो जलमार्ग विश्वको इन्धन आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण छ । इरानको समय अनुसार ०३ः३० बजे ब्रेन्ट तेलको मूल्य प्रतिब्यारेल ४१०९.४२ पुगेको थियो, जुन गत मंगलबारको तुलनामा ११ प्रतिशतले बढी हो । यसअघि यो ४१०० भन्दा तल बन्द भएको थियो ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानमार्फत होर्मुज नाका खोल्ने प्रस्ताव गरेपछि तेलको मूल्यमा यस्तो वृद्धि भएको हो । यो प्रस्ताव अमेरिका र इरानबीचको शान्ति वार्ता रोकिएको अवस्थामा आएको हो । अमेरिकाले यस प्रस्तावबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन । प्रस्ताव अनुसार इरानको आणविक कार्यक्रमसम्बन्धी विवादास्पद मुद्दालाई पछि सारिनेछ ।

इरानले व्यापारिक जहाजहरूमाथि धम्की दिएपछि विगत दुई महिनामा उक्त जलमार्गबाट हुने आवतजावत अत्यन्त कम भएको छ, जसले विश्वको तेल र प्राकृतिक ग्यास आपूर्तिमा ठूलो असर पारेको छ । आइतबार मात्र ८ वटा जहाज उक्त जलमार्ग पार गरेका थिए, जुन अघिल्लो दिनको १९ जहाजको तुलनामा निकै कम हो ।

संयुक्त राष्ट्र व्यापार तथा विकास सम्मेलनका अनुसार, संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण गर्नुअघि दैनिक औसत १२९ जहाजहरू यस मार्गबाट गुड्थे । नाकाबन्दी र ऊर्जा पूर्वाधारमा भएका आक्रमणका कारण विश्वव्यापी तेल उत्पादन प्रतिदिन १४.५ मिलियन ब्यारेलले घटेको छ । युद्ध अन्त्य भए पनि ऊर्जा आपूर्ति सामान्य अवस्थामा फर्कन महिनौँ लाग्न सक्ने ढुवानी विज्ञहरू बताउँछन् । यसको कारणमा जम्मा भएको तेल र ग्यास, पूर्वाधारमा भएको क्षति, र समुद्री मार्गबाट इरानी बारुद (माइन) हटाउनु पर्ने आवश्यकता समावेश छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.