नेपाल ओमानसँग १०२ रनले पराजित
काठमाडौं : आइसीसी लिग २ अन्तर्गतको खेलमा नेपाल ओमानसँग १०२ रनले पराजित भएको छ। ३६.५ ओभरमा वर्षमा भएफछि ओमान डीएलएस मेथडबाट भारी रनले विजयी भएका थिए।
३०६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३६.५ ओभरमा ७ विकेट गुमाएर १५५ रनमात्र बनाउन सकेको थियो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ६० रन बनाए। त्यस्तै आशिफ शेखले १९, भीम सार्कीले २८, कप्तान रोहित पौडेलले १० र आरिफ शेखले १४ रन बनाए। त्यस्तै गुल्शन झा १४ रनमा अविजित रहे।
त्यसअघि टस जितेर ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ३०५ रन बनाएको थियो। ओमानका लागि कप्तान जतिन्दर सिंहले १३० रनको सतकीय इनिङ्स खेलेका थिए।
प्रतिक्रिया दिनुहोस !