इरान युद्धबारे ट्रम्पको चेतावनीले तेलको मूल्य चार वर्षयताकै उच्च विन्दूमा

इरान युद्धबारे ट्रम्पको चेतावनीले तेलको मूल्य चार वर्षयताकै उच्च विन्दूमा
सुन्नुहोस्

अमेरिका : इरान युद्धबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिका कारण विश्व बजारमा तेलको मूल्य चार वर्षयताकै उच्च विन्दूमा पुगेको छ। ट्रम्पले इरान नाकाबन्दी ‘महिनौंसम्म’ चल्न सक्ने चेतावनी दिएपछि तेलको मूल्य अहिलेसम्मकै उच्चस्तरमा पुगेको हो । ब्रेन्ट तेलको मूल्य बुधबार प्रतिब्यारेल १२६ डलरभन्दा माथि पुगेको छ ।

जुन २०२२ पछि सबैभन्दा उच्च हो । ट्रम्पले इरानका बन्दरगाहहरूमा अमेरिकाको नाकाबन्दी महिनौंसम्म जारी रहन सक्ने बताएका छन् र शान्ति वार्ता पनि ठप्प भएकापछि तेलको मूल्यवृद्धि उच्च भएको हो । २४ घण्टामा १३ प्रतिशतभन्दा बढी वृद्धि हुँदै ब्रेन्ट कच्चा तेल युद्ध सुरु भएयताकै उच्चस्तरमा पुगेको छ । २८ फेब्रुअरीमा युद्ध सुरु भएदेखि हालसम्मको मूल्यलाई हेर्दा, यसअघि रूसको २०२२ को युक्रेन आक्रमणपछि ब्रेन्ट तेल १२० डलरभन्दा माथि पुगेको थिएन । त्यतिबेला मूल्य १३९ डलरमा पुगेको थियो ।

ट्रम्प अमेरिकी नौसेनाले इरानी बन्दरगाहमा लगाएको नाकाबन्दी कायम राख्न इच्छुक देखिएपछि तेल बजारमा ठूलो अस्थिरता देखिएको छ । इरानले पनि होर्मुज जलडमरूमध्यलाई लगभग सबै तेल ट्यांकरका लागि बन्द राखेको छ । सप्ताहन्तमा पाकिस्तानको इस्लामाबादमा हुने भनिएको अमेरिका–इरान वार्ता असफल भएपछि तनाव अझै जारी छ । बुधबार ट्रम्पले इरानलाई ‘छिट्टै समझदार बन्नु पर्ने’ बताएका थिए र तेल उद्योगका प्रमुखहरूसँगको बैठकमा नाकाबन्दीलाई ‘आवश्यक परे महिनौँसम्म जारी राख्ने’ उपायबारे छलफल गरेका थिए । 

अमेरिकी अधिकारीहरूका अनुसार, नाकाबन्दीले इरानलाई आफ्नो तेल उत्पादन घटाउन र उत्पादन केन्द्रहरू जस्तै खार्ग टापु भरिएपछि उत्पादन रोक्न बाध्य पार्ने अपेक्षा गरिएको छ । तर विज्ञहरू यसमा कति समय लाग्छ भन्नेबारे अनिश्चित छन् । ट्रम्पले भनेका छन्, ‘बमबारीभन्दा नाकाबन्दी बढी प्रभावकारी छ ।’ इरान–अमेरिका युद्ध १० औं हप्तामा प्रवेश गर्न लागेको छ ।

जबकि ट्रम्पले सुरुमा ४–६ हप्तामा युद्ध सकिने अनुमान गरेका थिए । होर्मुज जलडमरूमध्य बन्द हुँदा दैनिक करिब २० मिलियन ब्यारेल तेल आपूर्ति घट्ने बताइएको छ । अस्फोर्ड इकोनोमिक्सले एक ब्लग पोस्टमा यदि यो अवस्था ६ महिनासम्म जारी रहे तेलको मूल्य अगस्टसम्म १९० डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ । २००८ को वित्तीय संकटको समयमा तेलको मूल्य करिब १४७ डलरसम्म पुगेको थियो ।

इरानमा पहिलो अमेरिकी–इजरायली आक्रमणपछि तेहरानले तेलको मूल्य २०० डलरसम्म पुग्न सक्ने चेतावनी दिएको थियो । तेल आपूर्तिमा आएको ठूलो झट्काले पेट्रोलको मूल्य बढाउनुका साथै विश्व अर्थतन्त्रमा महँगाइ बढाएको छ र सम्भावित विश्वव्यापी मन्दीको डर पनि बढाएको छ । अमेरिकामा मार्चमा मुद्रास्फीति ३.३ प्रतिशत पुगेको छ । बेलायतले पनि युद्धका कारण ३५ अर्ब पाउन्ड आर्थिक क्षति भोग्ने र २०२६ मा मन्दीको जोखिम रहेको एक थिंक ट्याङ्कले चेतावनी दिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.