गुमेको दृष्टि फर्किएपछि ५२ जना खुसी
रसुवा : दृष्टि गुमाएका ५२ जनाले कालिकास्थानमा भएको आँखा शिविरमा भएको शल्यक्रियाबाट दृष्टि फर्किएपछि खुसी भएका छन्। तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सामुदायिक आँखा केन्द्र र नेपाल रेडक्रस सोसाइटी रसुवाको संयुक्त आयोजना सञ्चालित विशेष शल्यक्रिया शिविरमार्फत जिल्लाका ५२ जना बिरामीको सफलतापूर्वक दृष्टि फर्काइएको हो।
मोतियाबिन्दु र आँखामा मासु पलाउने जस्ता आँखाका समस्याका कारण दृष्टि गुमाएका व्यक्तिहरूलाई लक्षित गरी आँखा शिविर आयोजना गरिएको हो। मोतियाबिन्दुका कारण १८ वर्षदेखि आफूले नदेखेको शिविरमा अप्रेसन आँखा देखेपछि निकै खुसी लागेको कालिका गाउँपालिका–३ का कृष्ण बहादुर विश्वकर्माले बताए।
शिविरमा तिलगंगाका विशेषज्ञ नेत्ररोग डा. इन्दिरा पौडेल नेतृत्वको टोली र स्थानीय प्राविधिकहरूको सक्रियतामा ५२ जनाको मोतियाबिन्दु, ४ जनाको दुवै आँखामा मोतियाबिन्दु भएको बिरामीको सफल शल्यक्रिया गरिएको सामुदायिक आँखा केन्द्र रसुवाको प्रमुख उर्मिला तामाङले बताइन्।
जिल्लाका विभिन्न ७ स्थानमा सञ्चालित आँखा परीक्षण शिविरमा सहभागी भएका ७ सय ९५ जना मध्येबाट ५२ जनालाई शल्यक्रियाका लागि छनोट गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !