त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

अवतरणको क्रममा टर्किस एयरलाइन्सको जहाजको ल्यान्डिङ गियरमा आगलागी

अवतरणको क्रममा टर्किस एयरलाइन्सको जहाजको ल्यान्डिङ गियरमा आगलागी

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजको ल्यान्डिङ गियरमा आगो लागेको छ । इस्तानबुलबाट सोमबार बिहान ६:३३ बजे काठमाडौंमा अवतरण गर्नेक्रममा टीके ७२६ कल साइनको टर्किस एयरलाइन्स जहाजमा आगो देखिएको विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए।

उनका अनुसार दायाँ तर्फको  ल्यान्डिङ गियरमा आगो र धुँवा देखिनेबित्तिकै दमकल प्रयोग गरी आगो निभाइएको छ। विमानमा सवार यात्रुहरुलाई आपतकालीन ढोका खोलेर निकालिएको थियो। 

अवतरणको क्रममा टर्किस एयरलाइन्सको जहाज मुख्य धावनमार्गमै रोकिएपछि अहिले अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित भएको छ । ‘घटनामा सबै यात्रु सुरक्षित रहेका छन्,’ सिटौलाले अन्नपूर्ण पोस्ट्सँग भने ‘जहाज अहिले रनवेमा नै छ। अहिले एयरपोर्ट बन्द गरिएको छ। विमानलाई ट्याक्सी-वेतर्फ लैजाने प्रयास भइरहेको छ। केही समयपछि एयरपोर्ट खुल्छ।’

विमानमा २७३ जना यात्रु र ४ जना चालक दलका सदस्य सिटौलाले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। एक जना यात्रुलाई एम्बुलेन्समा लगिएको छ।

यसअघि पनि टर्किस एयरलाइन्सको विमान धावनमार्ग नै अवरुद्ध हुने गरी दुर्घटना परेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.