त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे बन्द भएपछि आकाशमा होल्ड भए जहाज
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे बन्द भएपछि जहाज आकाशमा होल्ड भएका छन्। विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार टर्किस एयरलाइन्सको जहाज ल्याण्ड गर्नेक्रममा ल्यान्डिङ गियरमा आगो लागेको देखिएपछि विमानस्थलको रन वे बन्द गरिएको हो।
अहिले फ्लाई दुवई, एयर अरबिया, एयर इन्डिया, कतार एयरलाइन्स, नेपाल एयरलाइन्सका जहाज आकाशमै होल्ड भएका हुन्।
विमानस्थल स्रोतका अनुसार होल्ड भएका विमान ८: २३ बजेबाट भने अवतरणको क्रम सुरु भएको छ।
प्रतिक्रिया दिनुहोस !