मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
रौतहट : भारतीय मोटरसाइकलको ठक्करबाट सर्लाहीमा साइकल यात्रीको मृत्यु भएको छ । आइतबार राती ईश्वरपुर नगरपालिका-२ राईटरखोरमा भारतीय बि आर ३० ई ६९०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार ईश्वरपुर-२ राईटरखोर निवासी ६५ वर्षीय किसुन देव साह गम्भीर घाइते भएको र उपचारका लागि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीले जनाएको छ ।
मियाँखोरबाट सुकनाहातर्फ जाँदै गरेको मोटरसाइकलले बिपरित दिशाबाट साइकलमा आउँदै गरेका साहलाई ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकल चालक ईश्वरपुर-१५ सुकनाहा निवासी देबेन्द्र साहको छोरा २३ वर्षीय मनिष साहलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस !