घुससहित पक्राउ परेका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण सप्तरीको कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
चार्जिङ स्टेशनका लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो ।
आयोगले दासविरुद्ध १ लाख ४० हजार रुपैयाँ बिगो र कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
प्रतिक्रिया दिनुहोस !