सरकारले ‘नेपाल लगानी भिसा’ उपलब्ध गराउने
काठमाडौं : सरकारले तोकेको भन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइने भएको छ।
संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
नीति तथा कार्यक्रम अनुसार विदेशी लगानीसम्बन्धी कानुन संशोधन गरी स्वचालित मार्ग विस्तार गरिने छ।
प्रतिक्रिया दिनुहोस !