प्रतिनिधिसभा बैठक (लाइभ)
काठमाडौं : प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा कानुन,न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले नेपाल सरकार र गणतन्त्र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता पेश गर्ने कार्यसूची छ।
यस्तै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले धारणा राख्ने छन् ।
प्रतिक्रिया दिनुहोस !