यी हुन् हाल सवारी साधन सञ्चालनमा रोक लगाइएका सडकहरू
काठमाडौं : सम्भावित बाढी तथा पहिरोका कारणले काभ्रे र हुम्लाको केही सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
हुम्लाको नाम्खा गाउँपालिका-२ मा पर्ने हिल्सा सिमिकोट सडकमा सम्भावित पहिरोको कारणले सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
यसैगरी काभ्रेमा सम्भावित बाढीलाई मध्यनजर गर्दै विपि राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुञ्जेवेशी सञ्चालन हुने सवारी साधन सञ्चालनमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !