५२ बर्षीय भट्ट पनि एसईई उत्तीर्ण, विज्ञान विषय पढ्ने चाहना
गोरखा : गोरखाका ५२ बर्षीय नवीन भट्टले यस बर्ष एसईई उत्तीर्ण गरेका छन् । भीमसेनथापा गाउँपालिका–२ तान्द्रङ ओख्लेका भट्टले सदरमुकामको शक्ति माविबाट एसईई उत्तीर्ण गरेका हुन् ।
दुई बर्षअघि कक्षा ९ मा भर्ना भएर पढ्न थालेका भट्टले २.९५ जिपिए (बी प्लस) प्राप्त गरी एसईई उत्तीर्ण गरेको विद्यालयले जनाएको छ । उनले एसईईपछि कक्षा ११ र १२ विज्ञान विषय लिएर पढ्ने चाहना व्यक्त गरेका छन् । साथै त्यसपछि पनि विज्ञान विषय लिएरै स्नातक पढ्ने लक्ष्य रहेको उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !