विदेश भ्रमणमा कर लगाउने हल्ला केवल अफवाह हो : प्रधानमन्त्री मोदी

विदेश भ्रमणमा कर लगाउने हल्ला केवल अफवाह हो : प्रधानमन्त्री मोदी
फाइल तस्बिर
सुन्नुहोस्

नयाँ दिल्ली : प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश भ्रमण गर्ने नागरिकमाथि सरकारले सेस वा अतिरिक्त कर लगाउने तयारी गरिरहेको भनी मिडियामा आएका समाचारहरूको खण्डन गरेका छन् । 

प्रधानमन्त्री मोदीले शुक्रबार राति उक्त समाचारको तथ्य जाँचगर्दै सम्बन्धित समाचारको स्क्रिनसट सेयर गरेर ती दाबीहरू पूर्ण रूपमा निराधार भएको स्पष्ट पारेका हुन् । सरकारको सूचीमा यस्तो कुनै योजना नरहेको र यस किसिमका खबरहरू भ्रमपूर्ण भएको उनले प्रस्ट पारेका छन् ।

प्रधानमन्त्री मोदी आफैं विदेश भ्रमणमा रहेको समयमा यस्ता रिपोर्टहरूको खण्डन गरेका हुन् । सामाजिक सञ्जाल एक्समा लेख्दै उनले यी समाचारहरूलाई पूर्ण रूपमा झुटा भएको दाबी गरे। विदेश भ्रमणमा यस प्रकारको कुनै पनि प्रतिबन्ध वा कर लगाउने प्रश्न नै नउठ्ने उनको भनाइ छ ।

प्रधानमन्त्री मोदीले आफ्नो सन्देशमा अगाडि भनेका छन्, 'सरकारको ध्यान सधैं आम जनताको जीवनस्तर सहज बनाउनेतर्फ केन्द्रित छ ।' आफ्नो सरकारले 'इज अफ डुइङ बिजनेस' (व्यापारिक सहजता) र 'इज अफ लिभिङ' (जीवनयापनको सहजता) लाई सुधार गर्न निरन्तर काम गरिरहेको उल्लेख गर्दै उनले जनतामाथि अतिरिक्त आर्थिक बोझ थप्ने सरकारको कुनै मनसाय नरहेको प्रस्ट पारे ।

 मिडिया रिपोर्टमा के थियो ?

सञ्चारमाध्यमहरूमा आएका रिपोर्टहरूमा सरकारले उच्चस्तरीय बैठकहरूमा विदेश भ्रमणमा कर वा सेस लगाउने प्रस्तावमाथि छलफल गरिरहेको दाबी गरिएको थियो । उक्त कर सिधै केन्द्र सरकारको खातामा जाने र त्यसको उद्देश्य युद्धका कारण सिर्जित आर्थिक दबाब—विशेष गरी कच्चा तेलको बढ्दो मूल्य र आयात खर्चको व्यवस्थापन गर्नु रहेको रिपोर्टमा उल्लेख थियो ।

यसका साथै, उक्त प्रस्तावित कर अस्थायी प्रकृतिको हुने र करिब एक वर्षसम्म लागू रहन सक्ने अनुमान समेत गरिएको थियो । यस विषयमा वित्त मन्त्रालयको तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया नआएका कारण बजारमा अड्कलबाजीले प्रश्रय पाएको थियो ।

तर, पछि प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले यी खबरहरूको खण्डन गर्दै यसलाई पूर्ण रूपमा अफवाह साबित गरिदिएका छन् । प्रधानमन्त्रीको स्पष्टीकरणपछि सम्बन्धित सञ्चारगृहले आफ्नो भ्रामक रिपोर्टका लागि माफी समेत मागेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.