प्यालेस्टिनी 'नक्बा' लाई मान्यता दिन अमेरिकामाथि बढ्दो दबाब

प्यालेस्टिनी 'नक्बा' लाई मान्यता दिन अमेरिकामाथि बढ्दो दबाब
तस्बिर: अल जजीरा
सुन्नुहोस्

वासिङ्टन डिसी : प्यालेस्टिनी जनतामाथि सन् १९४८ मा भएको सामूहिक विस्थापन अर्थात् 'नक्बा' (महाविपत्ति) को ७८औं स्मृति दिवसका अवसरमा अमेरिकाले यस ऐतिहासिक घटनालाई आधिकारिक रूपमा स्वीकार गर्नुपर्ने माग चर्किएको अन्तराष्ट्रिय सञ्चार माध्यम अल-जजीराले उल्लेख गरेकाे छ। मानवअधिकारवादी र विज्ञहरूले अमेरिकाले प्यालेस्टिनी इतिहासलाई उपेक्षा गरेर मध्यपूर्वमा न्यायपूर्ण नीति बनाउन नसक्ने तर्क गरेका छन्।

सन् १९४८ मा इजरायल राज्यको स्थापनासँगै करिब साढे सात लाख प्यालेस्टिनीहरूलाई उनीहरूको थातथलोबाट जबरजस्ती निकालिएका थिए । यसै घटनालाई प्यालेस्टिनीहरूले 'नक्बा' का रूपमा स्मरण गर्दै आएका छन्।

अमेरिकी कंग्रेसकी सदस्य रशिदा त्लाइबले 'नक्बा' लाई आधिकारिक मान्यता दिन र प्यालेस्टिनी शरणार्थीहरूको अधिकार सुनिश्चित गर्न संसदमा प्रस्ताव पेश गरेकी छिन्। यो उनले लगातार पाँचौ पटक पेश गरेको प्रस्ताव हो, जसमा यस पटक समर्थन गर्ने सांसदहरूको सङ्ख्या बढेर १२ पुगेको छ।

'धेरै सहकर्मीहरूलाई लाग्छ कि प्यालेस्टिनीमाथिको हिंसा वर्तमान सरकारसँगै सुरु भएको हो,' त्लाइबले भनिन्, 'तर यो १९४८ देखि जारी जातीय सफाया र निरन्तरको 'नक्बा' को एउटा हिस्सा हो।'

विज्ञहरूका अनुसार अमेरिकाले दशकौंदेखि इजरायललाई अर्बौं डलरको सैन्य सहायता उपलब्ध गराउँदै आए पनि प्यालेस्टिनीहरूको पीडा र इतिहासलाई भने 'राजनीतिक विस्मृति' (Political Amnesia) मा राखेको छ।

हालैका सर्वेक्षणहरूले अमेरिकी नागरिकमा प्यालेस्टिनीप्रति सहानुभूति बढेको देखाएका छन्। विशेष गरी युवा पुस्ता र डेमोक्रेटिक पार्टीभित्र इजरायललाई दिइने बिनाशर्त समर्थनमाथि प्रश्न उठ्न थालेको छ।

अनुसन्धानकर्ताहरूका अनुसार १९४० र ५० को दशकमा अमेरिकी दूतावासका दस्ताबेजहरूमा इजरायली लडाकू समूहहरूले प्यालेस्टिनीमाथि गरेका हिंसा र लुटपाटका विस्तृत विवरणहरू थिए। तर, पछि आएका सरकारहरूले रणनीतिक कारणले यसलाई बेवास्ता गर्दै गए।

कुइन्सी इन्स्टिच्युटका वरिष्ठ फेलो खालिद एल्गिन्डीका अनुसार प्यालेस्टिनीहरूको सामूहिक आघातलाई स्वीकार नगरी शान्ति स्थापना असम्भव छ। 'यदि तपाईं केवल एक पक्षको पीडा र मानवतालाई मात्र स्वीकार गर्नुहुन्छ भने, तपाईंले आजको वास्तविक स्थितिलाई पनि बेवास्ता गरिरहनुभएको हुन्छ,' उनले बताए।

हाल गाजामा जारी युद्धका कारण 'नक्बा' को सन्दर्भ अझ सान्दर्भिक बनेको हाे। अधिकारवादीहरूले गाजामा भइरहेको घटनालाई 'दोस्रो नक्बा' को संज्ञा दिँदै अमेरिकाले आफ्नो इतिहास सच्याउने बेला आएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.