बैंककमा रेलले बसलाई ठक्कर दिँदा कम्तीमा आठको मृत्यु, ३५ जना घाइते

बैंककमा रेलले बसलाई ठक्कर दिँदा कम्तीमा आठको मृत्यु, ३५ जना घाइते
सुन्नुहोस्

थाइल्यान्ड : थाइल्यान्डको राजधानी बैंककमा एउटा मालवाहक रेलले सार्वजनिक बसलाई ठक्कर दिँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ र दर्जनौं मानिस घाइते भएका छन् ।

दिउँसोको समयमा, एयरपोर्ट रेल लिंक स्टेशन नजिकै रहेको व्यस्त क्षेत्रमा बस र वरिपरिका केही सवारी साधनमा आगो लागेको थियो । बैंककको आपतकालीन सेवा एरावान मेडिकल सेन्टरले मृत्युको संख्या पुष्टि गरेको छ भने बैंकक प्रहरी प्रमुख उरुम्पोर्न कुन्डेजसुमरिटले कम्तीमा ३५ जना घाइते भएको एएफपी समाचार संस्थालाई बताएका छन् ।

उप–परिवहन मन्त्री सिरिपोङ अंग्कासाकुलकियातले घटनास्थलमा पत्रकारहरूसँग कुरा गर्दै सबै मृतकहरू बसभित्रै भेटिएको बताए । तर बसमा कति जना यात्रु थिए भन्ने स्पष्ट भइसकेको छैन । प्रधानमन्त्री अनुतिन चार्नविराकुलले घटनाबारे अनुसन्धान गर्न आदेश दिएका छन् । दुर्घटना स्थानीय समय अनुसार दिउँसो करिब ३ः४० बजे भएको हो ।

उनका अनुसार बस रेलमार्गको क्रसिङमा रोकिएको जस्तो देखिएको थियो, त्यही बेला सुरक्षा बारहरू बन्द भएका थिए । त्यसपछि मालवाहक रेलले रोकिएको बसलाई ठक्कर दिँदै अगाडि बढ्यो र वरपरका अन्य सवारी साधनलाई पनि घिसार्दै लग्यो, अन्ततः बसमा आगो लागेको थियो । मन्त्री सिरिपोङले बस रेल ट्र्याकमै रोकिएको थियो वा बारहरू ठीकसँग नझरेको भन्ने कुरा अहिले स्पष्ट नभएको र अनुसन्धानपछि मात्र थाहा हुने बताएका छन् ।

दमकल र उद्धार टोलीहरू घटनास्थलमा खटिएका थिए र आगो नियन्त्रणमा लिन सफल भएका छन् । साथै, मोटरसाइकल चालक र स्थानीयहरूले पनि यातायात व्यवस्थापनमा सहयोग गरेका थिए । घटनास्थलका तस्बिरहरूमा ठूलो संख्यामा उद्धारकर्मी र दर्शकहरू जम्मा भएको देखिएको थियो, र नजिकैको स्टेशनबाट धुवाँ निस्किरहेको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.