काठमाडौं : श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा अवरोध जनाएको छ। सभामुखले बैठकका कामकारबाही अघि बढाउने क्रममा श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङसहितका सांसदहरूले प्लेकार्ड बोकेर सभामुखको आसनअगाडि प्रदर्शन गरेका छन्।
पार्टीका सांसदहरूले ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नुपर्छ’,‘प्रश्नदेखि भाग्न पाइँदैन’, ‘जनमतलाई सम्मान गर’ लगायतका सन्देश लेखिएका पर्चा प्रदर्शन गरेका छन्।
सभामुखले संसदमा पर्चा देखाएर विरोध जनाउने शैली मर्यादाविपरीत रहेको टिप्पणी गर्दै आगामी दिनमा यस्ता गतिविधि नगर्न आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस !