पाकिस्तानी सेना प्रमुखको इरान भ्रमणबाट युद्ध अन्त्य हुनेमा अमेरिका आशावादी

पाकिस्तानी सेना प्रमुखको इरान भ्रमणबाट युद्ध अन्त्य हुनेमा अमेरिका आशावादी
सुन्नुहोस्

वासिङ्टन : अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पाकिस्तानी सेना प्रमुख आसिम मुनिरको इरान भ्रमणले युद्ध अन्त्य गर्ने दिशामा कूटनीतिलाई अगाडि बढाउने अपेक्षा व्यक्त गरेका छन्। उनले यस दिशामा केही प्रगति समेत भएको बताएका छन्।

बिहीबार पत्रकारहरूसँग कुरा गर्दै विदेश मन्त्री रुबियोले पाकिस्तानी अधिकारीहरूले तेहरानको भ्रमण गर्ने विषयमा आफूलाई पूर्वजानकारी रहेको खुलासा गरे। यस भ्रमणले जारी युद्ध रोक्नका लागि भइरहेका वार्ताहरूमा थप सकारात्मक भूमिका खेल्नेमा उनले विश्वास व्यक्त गरे।

सोही क्रममा अमेरिकी विदेश मन्त्रीले इरान विरुद्धको युद्धमा अमेरिकालाई साथ नदिएको भन्दै पुनः एकपटक नेटो राष्ट्रहरूको कडा आलोचना गरेका छन्। उनले पत्रकारहरूसँग भने, 'अमेरिकी राष्ट्रपतिले उनीहरू (नेटो देशहरू) सँग लडाकु विमान मागिरहनुभएको छैन। तर, उनीहरू केही पनि गर्न अस्वीकार गरिरहेका छन्। हामी यस कदमबाट निकै आक्रोशित छौँ।'

अर्कोतर्फ, इरानी विदेश मन्त्रालयले अमेरिकासँग भइरहेको वर्तमान वार्ता केवल युद्ध अन्त्य गर्ने विषयमा मात्र केन्द्रित रहेको र यूरेनियम भण्डारका बारेमा कुनै छलफल नभएको प्रष्ट पारेको छ।

बीबीसी फारसी सेवाका अनुसार इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सञ्चारमाध्यमलाई भने, 'वार्ताको मुख्य उद्देश्य लेबनानसहित सबै मोर्चामा जारी युद्धलाई समाप्त गर्नु हो।' उनले अगाडि थपे, 'परमाणु मुद्दा, जसमा संवर्धित सामग्री वा यूरेनियम संवर्धनको विषय समावेश छ, त्यसबारे मिडियामा आएका दाबीहरू केवल अड्कलबाजी मात्र हुन् र तिनमा कुनै विश्वसनीयता छैन।'

यस्तै  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ह्वाइट हाउसमा इरानको यूरेनियम भण्डारबारे दिएको अभिव्यक्तिपछि सञ्चारमाध्यमहरूमा विभिन्न अड्कलबाजीहरू भइरहेका थिए। प्रवक्ता बकाईको टिप्पणी सोही रिपोर्टहरूतर्फ लक्षित रहेकाे थियो।

राष्ट्रपति ट्रम्पले भनेका थिए, 'हामी यूरेनियम भण्डार नियन्त्रणमा लिनेछौँ। हामीलाई त्यसको आवश्यकता छैन र हामी त्यो चाहँदैनौँ पनि। नियन्त्रणमा लिएपछि सायद हामी त्यसलाई नष्ट गरिदिनेछौँ, तर ईरानलाई त्यो हासिल गर्न दिने छैनौँ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.