न्यूनत्तम सेवा मापदण्डमा भक्तपुर अस्पताल सर्वोत्कृष्ट

न्यूनत्तम सेवा मापदण्डमा भक्तपुर अस्पताल सर्वोत्कृष्ट
सुन्नुहोस्

भक्तपुर : भक्तपुर अस्पतालले न्यूनत्तम सेवा मापदण्डमा आफ्नो सर्वोत्कृष्टता कायम राखेको छ । यस अघि ९० अंकसहित ‘सेकेण्डरी बी लेभल’ को अस्पतालमध्ये सर्वोत्कृष्ट  हुन सफल भक्तपुर अस्पतालले यस पटक अझ अंक बढाउँदै ९३ अंकसहित सर्वोत्कृष्टता कायम राखेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको टिमले ३ दिन लगाएर गरेको मूल्यांकनको नतिजा सार्वजनिक भएसँगै भक्तपुर अस्पताल सर्वोत्कृष्ट बन्न सफल भएको अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले बताए । 

मूल्यांकन समिति सदस्य रहेकी नर्सिङ्ग अधिकारी बिमला बरालले एक सयदेखि तीन सय बेडसम्मका अस्पताललाई सेकेण्डरी बी लेभलमा राखेर न्यूनत्तम सेवा मापदण्ड तोकिएको र त्यसैको आधारमा सेवा कार्यान्वयनको अवस्था मूल्यांकन गरिएको जानकारी गराइन् । यो लेभलका अस्पताल बागमती प्रदेश अन्तर्गत ६ वटा र देशैभर कूल ५२ वटा रहेको बरालले बताइन् । 

मूल्यांकन समिति संयोजक डा. त्रिभुवनचन्द्र झाका अनुसार न्यूनत्तम सेवा मापदण्ड मूल्यांकनमा मुख्यतः अस्पतालको व्यवस्थापन, मानव श्रोतको उपलब्धता, भौतिक पूर्वाधार, औषधि तथा उपकरणको अवस्था,  विरामीको उपचार व्यवस्थापन, संक्रमण रोकथाम र सरफाइ त्यसैगरी प्राविधिक सेवा, आर्थिक पारदर्शिता र समुदायको सहभागिता लगायतको मूल्यांकन गरिन्छ ।

बागमती प्रदेश मातहतको भक्तपुर अस्पताल देशैभरका सेकेण्डरी बी लेभलको अस्पतालमध्ये सर्वोत्कृष्ट  हुन सफल भएको भन्दै स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक डा. नरेन्द्रकुमार झाले सन्तोष व्यक्त गरेका छन् । भक्तपुर अस्पतालको नेतृत्व सम्हालिसकेकी प्रदेश स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले भक्तपुरबाट अन्य अस्पतालले समेत सिक्नुपर्ने उनको बताएकी छन् ।

देशैभरका ३ सय शैयासम्मका सबै अस्पताललाई पछि पार्दै भक्तपुर निरन्तर सेवा प्रवाहमा अब्बल सावित हुनु सन्तोषजनक रहेको र यो सामूहिक प्रयासले सम्भव भएको अस्पाताल बिकास समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले प्रतिक्रिया दिए ।  अब अस्पतालमा मुटु र न्युरो सम्बन्धी उपचार सेवा विस्तार गर्ने लक्ष्य रहेको उनले बताए ।

भक्तपुर अस्पताल वीर अस्पतालपछि स्थापित देशकै दोश्रो जेठो अस्पताल हो । संघीयता अघिसम्म रिफर सेन्टरका रुपमा बद्नाम यो अस्पताल बागमती प्रदेश सरकार मातहत सञ्चालनमा आएपछि भने निरन्तर बिकास भइरहेको देखिन्छ । हाल अस्पतालमा दैनिक औसत १ हजार २ सय बिरामीले स्वास्थ्य सेवा लिइरहेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.