‘कक्रोच जनता पार्टी’ को वेबसाइट पनि बन्द, अभिजीत दीपकेको घर बाहिर प्रहरी तैनाथ

‘कक्रोच जनता पार्टी’ को वेबसाइट पनि बन्द, अभिजीत दीपकेको घर बाहिर प्रहरी तैनाथ
सुन्नुहोस्

भारत : सीजेआई सूर्यकान्तले युवाहरूलाई लिएर दिएको टिप्पणीपछि इन्टरनेटमा तहल्का मच्चाएको ‘कक्रोच जनता पार्टी’ को आधिकारिक वेबसाइट पनि बन्द गरिएको छ । यसअघि नै पार्टीको एक्स ह्यान्डल भारतमा प्रतिबन्ध लगाइएको थियो । पार्टीका संस्थापक अभिजीत दीपकेले आफ्नो निजी इन्स्टाग्राम अकाउन्ट पनि ह्याक गरिएको दाबी गरेका छन् । दीपकेले पार्टीको वेबसाइट ‘cockroachjantaparty.org’ बन्द गरिएको भन्दै यसलाई तानाशाहीको उदाहरण दिएका छन् । उनका अनुसार उक्त वेबसाइटमार्फत १० लाख मानिसले दर्ता गरेका थिए ।

वेबसाइटमार्फत ६ लाख मानिसले धर्मेन्द्र प्रधान शिक्षा मन्त्री पदमा रहन नहुने भन्दै उनको राजीनामा माग गरेका थिए । उनीहरूको भनाइ अनुसार नीट पेपर लिक प्रकरणमा प्रधान असफल भएका छन् । दीपकेले एक्स पोस्टमा लेखेका छन्, ‘सरकार यति डराएको किन छ ? यस्तो तानाशाही व्यवहारले देशका युवाहरूको आँखा खोलिरहेको छ । अब हामी नयाँ प्लेटफर्ममा काम गर्नेछौं, किनकि कॉकरोच कहिल्यै मर्दैनन् ।’

दीपकेको घर बाहिर प्रहरी तैनाथ

शनिबारसम्म इन्स्टाग्राममा सीजेपीका २.२ करोडभन्दा बढी फलोअर पुगेका थिए । जबकि बीजेपीको इन्स्टाग्राममा ९२ लाख र कांग्रेसको करिब १ करोड ३४ लाख फलोअर छन् । महाराष्ट्रको हिंगोली जिल्लाका प्रहरी उपायुक्त पंकज अतुलकरले शनिबार जानकारी दिँदै ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का संस्थापक अभिजीत दीपकेको घरबाहिर प्रहरी तैनाथ गरिएको बताएका छन् । दीपके अहिले पनि अमेरिकामा अध्ययनरत छन् ।

ज्यान मार्ने धम्की
यसअघि दीपकेले आफूलाई ज्यान मार्ने धम्की आएको खुलासा गरेका थिए । उनले एक्समा धम्कीपूर्ण सन्देशको स्क्रिनसट पनि साझा गरेका थिए । दीपकेको घरबाहिर प्रहरी तैनाथ गरिएको पुष्टि गर्दै अतुलकरले पत्रकारहरूसँग भने, ‘मानिसहरू दीपके र उनको ‘कक्रोच जनता पार्टी’ बारे निकै चासो राखिरहेका छन् । कुनै अप्रिय घटना हुन नदिन उनको घर नजिक प्रहरी तैनाथ गरिएको हो । आगामी केही दिनसम्म त्यहाँ प्रहरी रहनेछ ।’

उल्लेखनीय छ कि सीजेपीको वेबसाइट, इन्स्टाग्राम र एक्स अकाउन्ट बन्द भएपछि यस राजनीतिक संगठनका समर्थकहरूले विरोध प्रदर्शन गर्ने चेतावनी दिएका थिए । तर दीपकेले आफ्ना समर्थकहरूलाई कुनै पनि गल्ती नगर्न आग्रह गरेका छन् । उनले भने, ‘यदि कुनै प्रदर्शन हुन्छ भने त्यससँग हाम्रो कुनै सम्बन्ध हुने छैन । ‘कक्रोच जनता पार्टी’ ले यस्तो कुनै आह्वान गरेको छैन । सरकार केवल सानो गल्तीको प्रतीक्षामा छ, ताकि सम्पूर्ण आन्दोलनलाई बदनाम गर्न सकोस् । हामी सबै ‘कक्रोच’ समर्थकहरूलाई शान्त रहन र सावधानी अपनाउन आग्रह गर्छौं । हतारमा कुनै गलत निर्णय नगर्नुहोस्, जसले हाम्रो आन्दोलनलाई असर पुर्‍याउन सक्छ । यो ठूलो लडाइँ हो, त्यसैले हामी सजग रहनुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.