अफगानिस्तानमा ट्रक दुर्घटना : १० बालबालिकासहित १८ जनाको मृत्यु

अफगानिस्तानमा ट्रक दुर्घटना : १० बालबालिकासहित १८ जनाको मृत्यु
सुन्नुहोस्

अफगानिस्तान : अफगानिस्तानमा एक ट्रक पल्टिँदा त्यसमा सवार १० बालबालिकासहित १८ जनाको मृत्यु भएको छ । यसबारे प्रान्तीय अधिकारीले एएफपी समाचार संस्थालाई जानकारी दिएका छन् ।

दशकौँ लामो द्वन्द्वका कारण सडकको खराब अवस्था, लापरवाह सवारी सञ्चालन तथा पर्याप्त नियम–कानुनको अभावका कारण अफगानिस्तानमा घातक सडक दुर्घटनाहरू सामान्य जस्तै भएका छन् । लघमान प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल मलिक नियाजायका अनुसार उक्त ट्रकमा पाकिस्तानबाट फर्किरहेका अफगान परिवारहरू सवार थिए, जहाँ उनीहरू बसोबास गर्दै आएका थिए ।

उनले भने, ‘१८ जनाको मृत्यु भएको छ, जसमा १० बालबालिका, पाँच महिला र तीन पुरुष छन् । साथै २९ जना घाइते भएका छन् ।’ दुर्घटना पूर्वी अफगानिस्तानको जलालाबाद र राजधानी काबुल जोड्ने सडक खण्डमा भएको हो ।

हालका महिनाहरूमा पाकिस्तानले आफ्नो देशमा रहेका अफगान आप्रवासी र शरणार्थीप्रति कडा नीति अपनाएपछि ठूलो संख्यामा अफगानहरू स्वदेश फर्किरहेका छन् । धेरै परिवारहरू आफ्ना सामानसहित ट्रकमार्फत यात्रा गरिरहेका छन् ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त र अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार सन् २०२६ को सुरुदेखि हालसम्म ४ लाख ४७ हजार ४ सय अफगान नागरिक पाकिस्तानबाट अफगानिस्तान फर्किएका छन् । गत वर्ष अगस्टमा पनि पश्चिमी अफगानिस्तानमा इरानबाट फर्किरहेका अफगान आप्रवासी बोकेको बस दुई अन्य सवारीसँग ठोक्किँदा १९ बालबालिकासहित ७८ जनाको मृत्यु भएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.