साफ महिला च्याम्पियनसिपमा आज नेपालले श्रीलंकासँग खेल्दै
काठमाडौं : भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपमा आज नेपालले दोस्रो खेल श्रीलंकासँग खेल्दैछ । समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र श्रीलंकाले नेपाली समानुसार ४ः४५ मा खेल्ने छन् । यो खेल जवारलाल नेहरु स्टेडियममा हुनेछ ।
समूह चरणको पहिलो खेलमा नेपालले पहिलो खेलमा भुटानलाई १–० ले पराजित गरेको थियो । श्रीलंका भने पहिलो खेलमा भुटानसँग ४–० ले पराजित भएको थियो । आजको खेलमा नेपालले श्रीलंकालाई बराबरीमा मात्रै रोक्न सकेमा पनि समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनल खेल्ने छ ।
नेपालले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा खेलिरहेको छ ।
नियमित कप्तान सावित्रा भण्डारी साम्बा भने घुँडाको चोटका कारण हाल रिहाब गरिरहेकी छिन् । त्यस्तै सिवता राना मगर पनि घुँडाको चोटका कारण हाल टिमबाट बाहिर रहेकी छिन् । समूह ‘बी’ बाट भने भारत र बंगलादेशले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । आज समूह ‘बी’ अन्तर्गत बंगलादेश र भारतको खेल रहेको छ । यो खेलले समूह बीको बिजेताको टुंगो लगाउनेछ ।
प्रतिक्रिया दिनुहोस !