क्यानडा क्रिकेट बोर्ड आइसीसीको निलम्बनमा

क्यानडा क्रिकेट बोर्ड आइसीसीको निलम्बनमा

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले क्यानडा क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । आइसीसीले सोमबार भारतको अहमदाबादमा बसेको बैठकले उक्त निर्णय लिएको हो । क्यानडा क्रिकेट बोर्डले राष्ट्रिय बोर्डको सदस्यको दायित्व उल्लंघन गरेको भन्दै आइसीसीले बोर्डलाई निलम्बन गरेको हो ।

ग्लोबल कभर्निङ काउन्सिल अफ एन्टी करेप्सन युनिटले क्यानडा क्रिकेट बोर्डमाथि गरेको भ्रष्टाचारविरुद्धको जाँच पश्चात आइसीसीले क्यानडालाई निलम्बन गरेको हो । बोर्ड निलम्बनमा परे पनि खेलाडी र टोलीले भने प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा टिमलाई सहभागी गराउनको लागि भने आइसीसीले विशेष निकाय बनाउँदै आर्थिक सहयोग गर्ने बताएको छ ।

एन्टी करेप्सन युनिटको अनुसार क्यानडालाई निलम्बन फुकुवा गर्न केहि शर्तहरु पूरा गर्नु पर्ने हुन्छ । त्यससँगै उनीहरूले आफ्नो प्रशासनिक समस्याहरु पनि सुल्झाउनुपर्ने बताइएको छ । यसअघि आइसीसीले  गत वर्ष अमेरिकन क्रिकेट बोर्डलाई‌ पनि निलम्बन गरेको थियो । तर अमेरिकन क्रिकेट टिमले हरेक प्रतियोगितामा सहभागिता जनाइरहेको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.