इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले भने, ‘दुश्मन हारिसकेको छ’

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले भने, ‘दुश्मन हारिसकेको छ’
फाइल फोटो

इरान : इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले दुश्मन हारिसकेको टिप्पणी गरेका छन् । खामेनीले एक लिखित सन्देश दिँदै यस्तो बताएका हुन् । इस्लामिक गणतन्त्र इरानका संस्थापक रुहोल्लाह खोमेनीको पुण्यतिथिका अवसरमा विगत छ वर्षदेखि तत्कालीन सर्वोच्च नेता अली खामेनीले सम्बोधन गर्दै आएका थिए । तर यस वर्ष भने इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको लिखित सन्देश सार्वजनिक रूपमा वाचन गरिएको हो ।

यो सन्देश तेहरानका अस्थायी इमाम–ए–जुमा मोहम्मद जवाद हाज–अली–अकबरीले पढेर सुनाएका थिए । बीबीसी फारसीका अनुसार सन्देशमा भनिएको छ, ‘हाम्रा सशस्त्र बलका बहादुर जवानहरूको सामना गर्दा दुश्मनले पराजय भोग्नु परेको छ । विशेष गरी सैन्य मोर्चा, मैदान र सडकहरूमा दिइएको कडा प्रतिकारका कारण दुश्मनले गहिरो र अपमानजनक हार बेहोरेको छ ।’

सन्देशमा भनिएको छ, ‘दुश्मनले आफ्नो संयुक्त रणनीति दुई कुरामा केन्द्रित गरेको छ । पहिलो, जनताको धैर्य र सहनशीलतालाई कमजोर बनाउने र दोस्रो, देशका अधिकारीहरूको सोच तथा निर्णय प्रक्रियामा गल्ती उत्पन्न गराउने ।’ मोज्तबा खामेनीका अनुसार दुश्मनको सबैभन्दा ठूलो हतियार जनताबीच शंका, अविश्वास र विभाजन सिर्जना गर्नु हो ।

उनले दुश्मनका योजनाहरू असफल बनाउन जनतालाई एकताबद्ध रहन, आपसी विश्वास कायम राख्न र दृढ रूपमा संगठित हुन आह्वान गरेका छन् । जारी सन्देशमा थप भनिएको छ, ‘यी मूल्यहरूलाई बलियो बनाउन सरकारी अधिकारीहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ । जनतामा निराशा, अविश्वास वा हतास पैदा गर्ने कुनै पनि कार्य देश र जनताका दुश्मनहरूलाई सहयोग गर्नु सरह मानिनेछ ।’

रिपोर्टका अनुसार अमेरिका र इजरायलका आक्रमणहरूपछि इरानका सर्वोच्च नेता सार्वजनिक रूपमा देखिएका छैनन् । उनको तर्फबाट केवल लिखित सन्देशहरू जारी गरिएका छन्, जसलाई अन्य व्यक्तिहरूले सार्वजनिक रूपमा पढेर सुनाउने गरेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.