आर्थिक विधेयकमा देखिएका त्रुटी मात्र सच्याइएको हो, तर संगठितरुपमा भ्रम फैलाइयो : अर्थमन्त्री वाग्ले

आर्थिक विधेयकमा देखिएका त्रुटी मात्र सच्याइएको हो, तर संगठितरुपमा भ्रम फैलाइयो : अर्थमन्त्री वाग्ले
फाइल तस्बिर।

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणपश्चात आर्थिक विधेयकमा देखिएका त्रुटी मात्र सच्याइएको बताएका छन्। बुधबार अर्थसमितिको बैठकमा वाग्लेले तथ्य र प्रमाणका आधारणमा कुराहरु राख्न आग्रह गर्दै उनले सच्याइएको ५/६ वटा कुरा सांसद्लाई विधेयकसँगै जानकारी गराइएको बताए।

उनले बजेट आम जनताको पक्षमा भएकाले प्रधानमन्त्री र अर्थमन्त्रीलाई बदनाम गराउन संगठित गिरोह लागेको दाबी गरे। उनले सवारीसाधन नियमित प्रक्रियामा आएकाले कर छलेको भनेर बीवाईडी- बीवाईडी भनेर गलत प्रचार भइरहेको बताए। 

पत्रकार र सांसदप्रति अर्थमन्त्री आक्रोशित

आर्थिक विधेयक सच्याइएको विषय सांसदलाई नै दिएको बताउँदै उनले राजद्रोह देख्नुभयो, देश द्रोह देख्नुभयो भन्दै सांसदमाथि प्रश्न गरे। उनले आफू र आफ्नो टिमबाट सूचना चुहावट नभएको स्पष्ट पारे।

उनले आफूमाथि लागेको आरोप प्रथम दृष्टिमै खण्डित रहेको बताए। आर्थिक विधेयक र करमा विषयमा प्रकाशन भएका विषयप्रति अर्थमन्त्री डा. वाग्ले पत्रकारप्रति आक्रोशित बने। ‘नेपालका पत्रकारले माइक्रोसफ्ट वर्ड चलाउन सक्छन् कि सक्दैनन् थाहा भएन। ४६० पानाको डकुमेन्टमा कोलम हुन्छ। कोलम हटाउने बित्तिकै पृष्ठ घट्छ।’ वाग्लेले भने, ‘हजुरहरुका छोरा छोरीलाई सोधेपनि भयो। आफैँपनि तपाईंहरु चलाउनुहुन्छ भने। तपाईंहरु (सांसद)लाई जानकारी गराएपछि बल्ल पत्रिकाले के के न भएजस्तो भ्रम सिर्जना गर्न लागे। फण्डा मच्चाउन थाले।’

आर्थिक विधेयकका विषयमा पत्रकार र पत्रिकाले भ्रम पारेको भन्दै उनले सांसदलाई दिएको विधेयकभन्दा फरक नभएको दाबी गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.