संसदमा कांग्रेसको प्रश्न : हामी विधिको शासन चलाउँदै छौं कि सिंहदरबारबाट हुकुमी राज ?

संसदमा कांग्रेसको प्रश्न : हामी विधिको शासन चलाउँदै छौं कि सिंहदरबारबाट हुकुमी राज ?

काठमाडौं : नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले ‘हामी विधिको शासन चलाउँदै छौं कि सिंहदरबारबाट कुनै अदृष्य गिरोहको हुकुमी राज जन्माउँदैछौं’ भन्दै संसदमा प्रश्न गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकको शुरुमै बोल्दै सांसद बुढाले प्रधानमन्त्री कार्यालयले मानवअधिकार आयोगका पदाधिकारीलाई नौं घण्टा दवावमा राखेको विशेष व्यक्ति पक्राउका लागि दवाव दिएको भन्ने समाचार सार्वजनिक भएको बताएका छन् । उनले अख्तियारका पदाधिकारी मात्र नभई एक जना विदेशी राजदूतलाई समेत प्रधानमन्त्री कार्यालयमा दुव्र्यवहार भएको भन्ने आरोप सार्वजनिक भएको बताएका छन् । सांसद बुढाले अख्तियारले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेर भ्रष्टाचारका मुद्दाहरुमा छानविन गर्नुपर्ने बताए ।

कानुन भन्दा कोही माथि नहुने बताउँदै सांसद बुढाले लाकतान्त्रिक व्यवस्थामा परिणाम मात्र हेरेर नहुने यसको विधि र प्रक्रियालाई समेत पालना गर्नुपर्ने उनले बताए । उनले अहिले लोकतन्त्र, प्रक्रिया र विधिमा विश्वास गर्नेहरु अहिले सरकारको स्वेच्छाचारिता देखेर छक्क परिरहेको बताए । उनले अख्तियार कुनै प्रधानमन्त्री कार्यालय मातहतको संवैधानिक निकाय नभएको कुरा प्रधानमन्त्रीले बुझ्नु भएको छ कि छैन भन्दै सांसद बुढाले प्रश्न गरेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.