काठमाडौं : फिफा विश्वकप २०२६ मा हाइटीविरुद्ध ब्राजिलले पहिलो हाफमा ३ गोल गरेको छ। फिलाडेल्फिया स्टेडियममा जारी खेलमा ब्राजिलका म्याथियस कुन्हा २ गोल र भिनिसियस जुनियरले १ गोल गरेका हुन् ।
२३ औं मिनेटमा गोल गर्दै पहिलो गोल गर्दै अग्रता लिएका ब्राजिलका कुन्हालेपुन: ३६ औं मिनेटमा दोस्रो गोल गरे। खेलको पहिलो हाफमा थप गरिएको ६ मिनेटको तेस्रो मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई ३-० को अग्रता दिलाए।
आज बिहान समूह सी को खेलमा मोरक्कोले स्कटल्यान्डलाई १-० ले पराजित गरेको छ। बोस्टन स्टेडियममा भएको खेलमा मोरक्कोको लागि स्माइल साइबरीले खेलको दोस्रो मिनेटमा नै गोल गरेका थिए। यो विश्वकपमा भएको सबैभन्दा छिटो गरिएको गोल हो।
प्रतिक्रिया दिनुहोस !