विद्रोहको लोकतान्त्रिक आवाज हो रास्वपा : स्वर्णिम वाग्ले
चितवन : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रास्वपाको उदय राजनीतिमा सँस्कार स्थापना गर्नका लागि भएको बताएका छन् । रास्वपा नेता समेत रहेका अर्थमन्त्री वाग्लेले आफूहरु केवल एउटा दलको महाधिवेशनमा मात्र भेला भएको नभई नेपालको राजनीतिक इतिहासको एउटा नयाँ अध्याय लेख्ने कोशिसमा रहेको बताए ।
उनले रासवपा सिंगो राष्ट्रकै संकल्प र आकांक्षालाई न्याय गर्न जन्मिएको पार्टी भएको पनि उनले दावी गरेका छन् । उनले रास्वपा कुनै विभाजन वा अप्राकृतिक सम्झौताबाट बनेको पार्टी नभएको बताउँदै नेपाली समाजमा लामो समयदेखि सञ्चित निराशा र आक्रोश अनि अर्कोतर्फ सकारात्मक परिवर्तनको तीब्र आकांक्षा, यसैको राजनीतिक अभिव्यक्ति रास्वपा भएको बताए ।
‘उनले भने, ‘जब इमानदार मानिसहरूले राजनीति असल मानिसका लागि होइन भन्ने निष्कर्ष निकाल्न थाले, जब लोकतन्त्रले आशा जगाउन छाड्यो र सत्ता केवल लालचको व्यवस्थापन जस्तो देखिन थाल्यो, जब नागरिक र राज्यबीचको विश्वासको पुल भत्किन थाल्यो, त्यतिबेला परिवर्तनको चाहना विद्रोहमा बदलियो र त्यो विद्रोहको लोकतान्त्रिक आवाज बन्न सकेको हो राष्ट्रिय स्वतन्त्र पार्टी ।’
प्रतिक्रिया दिनुहोस !