रास्वपालाई इतिहासले अवसर दिएको छ, यस्तो समय फेरि आउँदैन : राजेन्द्र लिङदेन
चितवन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई इतिहासले अवसर दिएको र यस्तो समय फेरि–फेरि नआउने बताएका छन् ।
चितवनमा रास्वपाको प्रथम महाधिवेशन उदघाटन समारोहमा शुभकामना व्यक्त गर्दै लिङदेनले झण्डै दुई तिहाइ जनमत पाएको रास्वपालाई देशको सम्मुनत विकास गर्ने अवसर जुरेको र यो अवसरलाई सदुपयोग गर्नुपर्ने बताएका छन् । अध्यक्ष लिङदेनले यस्तो अवसर फेरि कहिले नआउने बताउँदै देश बनाउने यो अवसर गुमे रास्वपाको नेतृत्वलाई मात्र नभई सिङ्गो देशलाई नै घाटा हुने बताए ।
प्रतिक्रिया दिनुहोस !
३