उम्मेदवारका प्रस्तावक र समर्थक उम्मेदवार बन्न नपाउने

रास्वपाको महाधिवेशनमा उम्मेदवार, प्रस्तावक र समर्थक बन्दै हुनुहुन्छ ? यस्तो छ व्यवस्था

रास्वपाको महाधिवेशनमा उम्मेदवार, प्रस्तावक र समर्थक बन्दै हुनुहुन्छ ? यस्तो छ व्यवस्था
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दिनेले प्रस्तावक र समर्थक बन्न नपाइने भएको छ। निर्वाचन प्रक्रियामा पार्टी सभापतिको मनोनयन फारम दाखिला गर्दा १ जना प्रस्तावक र ५१ जना समर्थकको अनिवार्य रूपमा नाम सम्पर्क नम्बर र हस्ताक्षर हुनुपर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन के.सीले जानकारी दिए।

उनका अनुसार पार्टी पदाधिकारी र पार्टी केन्द्रीय सदस्यका उम्मेदवारहरूले मनोनयन फारम दाखिला गर्दा १  जना प्रस्तावक र २१ जना समर्थकको अनिवार्य रूपमा नाम, सम्पर्क नम्बर र हस्ताक्षर हुनुपर्ने छ।

रास्वपाले कुनैपनि पदका उम्मेदवारका एक प्रस्तावकले कुनै एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फारममा प्रस्तावकको रुपमा हस्ताक्षर गर्न नपाइने जनाएको छ। कुनै पनि पदका उम्मेदवारका एक समर्थकले एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फारममा हस्ताक्षर भने गर्न पाइने केसीले बताए।

केसीले भने, ‘कुनैपनि उम्मेदवारका प्रस्तावक वा समर्थकको रुपमा हस्ताक्षर गर्ने पार्टी सदस्यको नाम महाधिवेशन प्रतिनिधिको सुचीमा अनिवार्य हुनुपर्ने छ भने, कुनै उम्मेदवारका प्रस्तावक वा समर्थक आफू स्वयं उम्मेदवार बन्न पाइने छैन।’ 

नियम विपरीत उम्मेदवार मनोनयन फारम दाखिला हुन आएमा उम्मेदवारी फारम स्वतः अमान्य ठहर हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.