लुम्बिनीमा ६७ % बजेट खर्च

लुम्बिनीमा ६७ % बजेट खर्च
सुन्नुहोस्

दाङ : लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को असार २५ गतेसम्म कुल बजेटको ६७.१८ प्रतिशत खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार ३८ अर्ब ९१ करोड रुपैयाँको कुल बजेटमध्ये २६ अर्ब १४ करोड २७ लाख ९४ हजार रुपैयाँ खर्च गर्दै ६७.१८ प्रतिशत खर्च भएको देखाइएको छ।

चालुतर्फ विनियोजन गरिएको १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजारमध्ये १० अर्ब ४६ करोड २३ लाख १४ हजार रुपैयाँ अर्थात् ६७.७६ प्रतिशत खर्च भएको छ। भने पुँजीगततर्फ विनियोजन गरिएको २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँमध्ये १५ अर्ब ६७ करोड ७९ लाख ६४ हजार रुपैयाँ अर्थात् ६६.८० प्रतिशत खर्च भएको छ।  मन्त्रालयगत खर्चको विवरणमा स्वास्थ्य मन्त्रालय सबैभन्दा बढी बजेट खर्च गर्ने मन्त्रालय बनेको छ। मन्त्रालयले कुल ४ अर्ब ९५ करोड २९ लाख ७३ हजार रुपैयाँ बजेटमध्ये ३ अर्ब ९३ करोड १५ लाख ६६ हजार रुपैयाँ खर्च गर्दै ७९.३८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ।

वन तथा वातावरण मन्त्रालयले २ अर्ब ५४ करोड ७४ लाख ५० हजार रुपैयाँमध्ये १ अर्ब ८१ करोड ६८ लाख ४० हजार रुपैयाँ खर्च गर्दै ७१.३२ प्रतिशत प्रगति गरेको छ। सबैभन्दा ठूलो बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले ९ अर्ब ९२ करोड ४५ लाख रुपैयाँमध्ये ७ अर्ब ३ करोड ४४ लाख २० हजार रुपैयाँ खर्च गरी ७०.८८ प्रतिशत प्रगति हासिल गरेको छ। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २ अर्ब ६८ करोड ६० लाखमध्ये १ अर्ब ८९ करोड ९४ लाख ७७ हजार रुपैयाँ खर्च गर्दै ७०.७२ प्रतिशत बजेट कार्यान्वयन गरेको छ। प्रदेश लोक सेवा आयोगले १० करोडमध्ये ६ करोड ६१ लाख ५७ हजार रुपैयाँ खर्च गरी ६६.१५ प्रतिशत प्रगति हासिल गरेको छ। आयोगको पुँजीगत खर्च भने १७४.५४ प्रतिशत पुगेको देखिएको छ। सहरी विकास तथा खानेपानी मन्त्रालयले ५ अर्ब ६२ करोड ३ लाख ८० हजार रुपैयाँमध्ये ३ अर्ब ६३ करोड १९ लाख ९३ हजार रुपैयाँ खर्च गरी ६४.६२ प्रतिशत प्रगति गरेको छ। उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले १ अर्ब ९० करोड ४२ लाख ११ हजारमध्ये १ अर्ब १६ करोड ४९ लाख ७९ हजार रुपैयाँ खर्च गर्दै ६१.१८ प्रतिशत प्रगति हासिल गरेको छ।

  •  प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार ३८ अर्ब ९१ करोडको कुल बजेटमध्ये २६ अर्ब १४ करोड २७ लाख ९४ हजार खर्च 
  • स्थानीय तहका लागि विनियोजन गरिएको ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजारमध्ये २ अर्ब ९० करोड ५८ लाख १५ हजार खर्च

प्रदेश सभाले २६ करोड २० लाख बजेटमध्ये १५ करोड ८५ लाख ३६ हजार रुपैयाँ खर्च गरी ६०.५१ प्रतिशत प्रगति गरेको छ। सामाजिक विकास मन्त्रालयले ३ अर्ब ६१ करोड ७५ लाख ३७ हजारमध्ये २ अर्ब ७ करोड २५ लाख ६२ हजार रुपैयाँ खर्च गरी ५७.२९ प्रतिशत प्रगति गरेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले १ अर्ब ५० करोड ४७ लाख ५० हजारमध्ये ८५ करोड ९२ लाख ५० हजार रुपैयाँ खर्च गर्दै ५७.१० प्रतिशत बजेट कार्यान्वयन गरेको छ।

युवा तथा खेलकुद मन्त्रालयको खर्च ४४.८१ प्रतिशतमा सीमित रहेको छ। मन्त्रालयले ३७ करोड २४ लाख ५० हजारमध्ये १६ करोड ६८ लाख ९४ हजार रुपैयाँ खर्च गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ५० करोड १८ लाखमध्ये २२ करोड ३३ लाख १४ हजार रुपैयाँ खर्च गर्दै ४४.५० प्रतिशत प्रगति हासिल गरेको छ। प्रदेश योजना आयोगको कुल ३ करोड ५ लाख बजेटमध्ये ११ लाख ७२ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। सार्वजनिक गरिएको तथ्यांकअनुसार यसको वित्तीय प्रगति ३८.४४ प्रतिशत रहेको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले १६ करोड ४० लाखमध्ये ६ करोड २५ लाख १९ हजार रुपैयाँ खर्च गर्दै ३८.१२ प्रतिशत प्रगति हासिल गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले ३६ करोड ६९ लाख ९६ हजारमध्ये १३ करोड ४२ लाख २७ हजार रुपैयाँ खर्च गरी ३६.५७ प्रतिशत प्रगति गरेको छ।

स्थानीय तहतर्फको बजेट हस्तान्तरणको अवस्था भने उत्साहजनक देखिएको छ। विनियोजन गरिएको ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार रुपैयाँमध्ये २ अर्ब ९० करोड ५८ लाख १५ हजार रुपैयाँ खर्च भइसकेको छ। यो कुल बजेटको ८४.८७ प्रतिशत हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.