देशका अधिकांश स्थानमा वर्षा
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव तीव्र बनेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक सरेकाले देशका अधिकांश स्थानमा मौसम बदली भई वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। दिउँसो र राति यी तीनवटै प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ।
उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको समेत सम्भावना छ।
वर्षाका कारण पहाडी भूभागमा पहिरो, तराईमा बाढी र गेग्रान बहावको जोखिम बढेको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात र पर्यटन क्षेत्र प्रभावित हुन सक्ने भएकाले जल तथा मौसम विज्ञान विभागले सबैलाई आवश्यक सावधानी अपनाउन र मौसम सम्बन्धी पछिल्लो सूचनामा
प्रतिक्रिया दिनुहोस !