इन्जिनियरिङलाई राष्ट्र निर्माणको अभियानका रूपमा अघि बढाउनुपर्छ : ऊर्जामन्त्री

इन्जिनियरिङलाई राष्ट्र निर्माणको अभियानका रूपमा अघि बढाउनुपर्छ : ऊर्जामन्त्री
सुन्नुहोस्

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले इन्जिनियरिङलाई राष्ट्र निर्माणको अभियानका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। उनले आधुनिक, दिगो र गुणस्तरीय पूर्वाधार निर्माणमार्फत देशको समृद्धिको आधार तयार गर्ने जिम्मेवारी इन्जिनियरहरूको काँधमा रहेको उल्लेख गरे।

६४औँ इन्जिनियर्स दिवसका अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसनले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले राष्ट्र निर्माणको यात्रामा इन्जिनियरहरूको योगदान अद्वितीय, अपरिहार्य र प्रेरणादायी रहेको धारणा राखे। मन्त्री श्रेष्ठले सडक, पुल, जलविद्युत्, प्रसारण लाइन, सिँचाइ, खानेपानी, भवन तथा सूचना प्रविधि लगायतका आधुनिक पूर्वाधारको विकासले देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै सरकारले गुणस्तरीय, दिगो, सुरक्षित र वातावरणमैत्री पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताए।

सरकारले जलविद्युत् उत्पादन विस्तार, राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण सञ्जाल सुदृढीकरण, सिँचाइ प्रणालीको आधुनिकीकरण, ऊर्जा सुरक्षाको सुनिश्चितता, नवीकरणीय ऊर्जा प्रवर्द्धन, डिजिटल पूर्वाधार विस्तार तथा जलवायु अनुकूल विकासका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको उनको भनाइ छ।

मन्त्री श्रेष्ठले अब विकास परियोजनाको सफलता बजेट खर्चका आधारमा मात्र नभई समयमै सम्पन्न हुने, लागतमा अनुशासन कायम गर्ने र नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने परिणामका आधारमा मूल्याङ्कन गरिने स्पष्ट यसका लागि इन्जिनियरहरूबाट उच्च व्यावसायिक दक्षता, नैतिकता, पारदर्शिता र नवप्रवर्तनशील सोचको अपेक्षा गरिएको बताए।

ऊर्जा क्षेत्रलाई नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि बढाइएको उल्लेख गर्दै उनले जलविद्युत् उत्पादन वृद्धि, प्रसारण पूर्वाधार विस्तार, क्षेत्रीय विद्युत् व्यापार, नवीकरणीय ऊर्जा विकास तथा आधुनिक प्रविधिको प्रयोगमा दक्ष इन्जिनियरहरूको भूमिका निर्णायक रहने विश्वास व्यक्त गरे।

पूर्वाधार विकासलाई कंक्रिट र स्टिलको संरचनामा मात्र सीमित गर्न नहुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले पूर्वाधारले उत्पादन वृद्धि, रोजगारी सिर्जना, सामाजिक न्याय र नागरिकको जीवनस्तर सुधारमा प्रत्यक्ष योगदान पुर्‍याउने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.